रेड पाण्डाको छाला सहित होटलको कोठाबाट ३ जना पक्राउ — OSNepal

रेड पाण्डाको छाला सहित होटलको कोठाबाट ३ जना पक्राउ

LC (KTM) August 13, 2021 0

कपिलवस्तु, २९ साउन-वाणगंगा नगरपालिका(४ सिद्धिपुरस्थित बराल होटल रेष्टुरेन्ट एण्ड लजको कोठा नम्बर १०४ बाट २ थान रेड पाण्डाको छाला र १ थान रेड पाण्डाको पुछर सहित ३ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा झापा बिर्तामोड नगरपालिका(५ बस्ने २९ वर्षीय खगेन्द्र पुरी, सोही ठाउँ बस्ने ३२ वर्षीय आशिष जोगी र २६ वर्षीय सौरब राजवंशी रहेका छन् ।

उक्त लजमा रेडपाण्डाको छाला कारोबार भइरहेको भन्ने सूचनाको आधारमा लुम्बिनी प्रदेश प्रहरी अनुसन्धान समूह र जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरीले होटेल तलासी गर्ने क्रममा उक्त छाला र पुछर सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले कपिलवस्तुले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर