१ थान पेस्तोल सहित ३ जना ब्रह्मचोकबाट पक्राउ — OSNepal

१ थान पेस्तोल सहित ३ जना ब्रह्मचोकबाट पक्राउ

LC (KTM) August 13, 2021 0

पर्सा, २९ साउन- वीरगंज महानगरपालिका-१५ ब्रह्मचोकबाट १ थान पेस्तोल सहित ३ जानलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही महानगरपालिका-१२ ठेगाना भएका ३५ वर्षीय अनिल साह, सुनसरी धरान उपमहानगरपालिका-१५ ठेगाना भएका ३२ वर्षीय रवि पौडेल र पर्सा पकाहामैनपुर गाउँपालिका-७ ठेगाना भएका ४० वर्षीय विजय कुमार पटेल रहेका छन् ।

सोही ठाउँस्थित एक होटलमा ३ जना व्यक्तिहरु सानो हतियार बेचविखन गर्ने उद्देश्यले बसिरहेका छन् भन्ने सूचनाको आधारमा २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनीहरुलाई तलासी गर्दा उक्त पेस्तोल फेला पारी पक्राउ गरेको हो ।उनीहरु उपर हातहतियार सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर