नवदुर्गामा भित्र्याइयो कालो राँगो,नवमीको राति राँगोलाई मदिरा खुवाइ अबिर दलेर दौडाउँने छ परम्परा — OSNepal

नवदुर्गामा भित्र्याइयो कालो राँगो,नवमीको राति राँगोलाई मदिरा खुवाइ अबिर दलेर दौडाउँने छ परम्परा

LC (KTM) August 13, 2021 0

भक्तपुर नगरपालिका‐९ कमलविनायक गछेंस्थित नवदुर्गा द्योछेंमा ‘खमेय’ अर्थात् निखर कालो राँगो भित्र्याइएको छ । सो राँगोलाई वडादशैँ अन्तर्गत नवमीको राति महिषासुर दैत्यको प्रतीकका रूपमा बध गर्ने गरिन्छ ।

हरेक वर्षझँै आउँदो विजयादशमी नवमीको दिन बध गर्न नवदुर्गा मन्दिरको देवता घर अर्थात् द्योँछेमा खमेयलाई भित्र्याएको हो । सूर्यविनायकका लक्ष्मण छुँजूले रु एक लाख २५ हजारमा खरिद गरेको राँगो नवदुर्गालाई चढाएका हुन् ।
हरेक वर्ष नवदुर्गालाई विभिन्न व्यक्तिले खमेय चढाउने गर्दछन् । यो राँगो नवमीसम्म द्योछेंमै पालेर राखिन्छ । प्रत्येक वर्ष घण्टाकर्ण चतुर्दशीदेखि नागपञ्चमीसम्ममा खमेय भित्र्याउने परम्परा रहेको छ । नवमीको राति नवदुर्गा द्योछेँबाट राँगोलाई मदिरा खुवाइ अबिर दलेर दौडाउँदै नगर परिक्रमा गराई ब्रम्हायणी मन्दिरमा पु¥याएर महिषासुर दैत्यको प्रतीकका रूपमा राँगोको बध गरिने परम्पार रही आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर