छालामा चमक ल्याउन र रक्तसञ्चारलाई तीव्र बनाउन सहयोग गर्छ हरियो खुर्सानीले , यस्ता छन् अन्य फाइदाहरु — OSNepal

छालामा चमक ल्याउन र रक्तसञ्चारलाई तीव्र बनाउन सहयोग गर्छ हरियो खुर्सानीले , यस्ता छन् अन्य फाइदाहरु

LC (KTM) August 13, 2021 0

काठमाडौँ- हरियो खुर्सानी खानुका धेरै फाइदा हुन्छन्। यो स्वादका लागी मात्र नभइ स्वास्थका लागी पनि उत्तिकै उपयोगी हुन्छ । हरियो खुर्सानी प्राय मानिसहरुले खाने गर्छन तर धेरैलाई थाहा नहुन सक्छ । यस बाट धेरै किसिमका रोग बाट बच्न सकिन्छ । हरियो खुर्सानीको स्वादसँगै अन्य लाभसमेत उठाउन सकिन्छ । यो खादा पेट र छातिमा खासै असर गर्देन । यसमा भिटामिन ए, बी–६, सी, आइरन, पोटासियम, कार्बोहाइड्रेट र अन्य धेरै पोषक पदार्थ पनि पाइन्छन् ।हरियो खुर्सानी स्वास्थ्यसँगै सौन्दर्यका लागि पनि उतिकै फाइदाजनक छ । यसले छालामा चमक आउनुका साथै रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्छ ।

त्यसर्थ यसले रगत सफा गर्नुका साथै अनुहारमा आउने पिम्पल्सबाट समेत फाईदा गर्छ । हरियो खुसार्नीमा पाइने एन्टिअक्सिडेन्टका कारण ओक्साइडेसनलाई कम गर्छ । यसले रक्तसञ्चार बढाउँछ र । रगतले सम्पूर्ण शरीरमा पोषक तŒव, अक्सिजन, हर्मोन, गर्मी, इलेक्ट्रोलाइट्स आदि पुर्याउने काम गर्छ ।

हरियो खुसार्नी सीमित मात्रामा नियमित रूपमा खादा प्रतिरक्षा प्रणाली मजबुत गर्छ । यसबाट क्यान्सरको खतरा कम हुदै जान्छ । साथै यसको सेबनले सुर्तीजन्य पदार्थ सेवन गर्ने मानिसका लागि पनि एकदमै उपयोगी मानिदै आएको छ । यसकारण हरियो खुसार्नी खानासँग मात्रा मिलाएर खाँदा छालामा समेत चमक ल्याउँछ र संक्रमणबाट बचाउँछ । हरियो खुर्सानीमा एन्टिब्याक्टेरियल गुणहरू समावेश हुन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर