प्रदेश नं १ मा थप ७६९ सङ्क्रमित — OSNepal

प्रदेश नं १ मा थप ७६९ सङ्क्रमित

Kesh Karki (USA) August 13, 2021 0

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा ७६९ जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । एक हजार ५२९ को पीसीआर परीक्षण गर्दा ३९३ र एक हजार ७५१ को एन्टिजेन परीक्षण गर्दा ३७६ जनामा कोरोना सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १३६, सुनसरीमा १०८, मोरङमा १०४ मध्ये विराटनगरमा ४१, धनकुटामा १२, इलाममा ११, तेह्रथुममा पाँच, सङ्खुवासभा र भोजपुरमा चार/चार, उदयपुरमा तीन, पाँचथरमा दुई र प्रदेश बाहिरका चार जनामा सङ्क्रमण देखिएको छ ।

सोही अवधिमा प्रदेशमा आजै ६७५ जना कोरोना सङ्क्रमणमुक्त्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा ३०० महिला र ३७५ पुरुष छन् । पछिल्लो जानकारीअनुसार दुई महिलासहित पाँच जनाको कोरोनाको कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर