एक्कासी दुई विमान आकाशमा नै जुधे — OSNepal

एक्कासी दुई विमान आकाशमा नै जुधे

LC (KTM) May 17, 2021 0

एजेन्सी । विमान आकाशमा जुधेका समाचारहरु बेला बेलामा आइरहन्छन् । जसको पछिल्लो उदाहरण अमेरिकाको कोलोराडोमा देखिएको छ ।दुई जहाज ठोक्किएपनि दुवैका चालकदलका सदसइहरु भने सकुसन रहन सफल भएको अन्तराष्ट्रिय मिडियाले उल्लेख गरेको छ ।

अन्तराष्ट्रिय मिडियाका अनुसार जुधेको मध्ये एउटा विमान दुई टुक्रा हुनै लागेको थियो । धन्न जमिनसँग पुग्न भ्यायो र चालकलाई ठूलो चोट लागेन ।दुई विमानमध्ये एउटामा चालकले प्यारासुटको प्रयोग सही तरिकाले गरे । उनले विमनलाई विस्तारै झार्न सके । त्यसपछि विमानमा रहेका दुवैजना निस्किएको बताइएको छ ।

दुर्घटनाग्रस्त अर्को विमानमा एक जना मात्रै रहेको बताइएको छ । विमान कसरी जुधे र यसमा कुन बिमानको दोष छ भन्ने विषयमा अनुसन्धान भइरहेको र दोषीलई कारवाही गरिने बताइएको छ । यो घ टनामा प्यारासुटबाट विमानलाई विस्तारै झारिएको दृश्य भने दुनियामा नै पहिलो पटक देखिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर