खुला सीमा, डुबानका समस्या इतिहासले हामीलाई छाडेका जिम्मेवारी हुन् : भट्टराई — OSNepal

खुला सीमा, डुबानका समस्या इतिहासले हामीलाई छाडेका जिम्मेवारी हुन् : भट्टराई

LC (KTM) August 15, 2021 0

काठमाडौं साउन ३१ । नेकपा एमालेका परराष्ट्र विभाग प्रमुख डा. राजन भट्टराईले अब युग सुहाउँदो चेतनामा आधारित भएर सीमा व्यवस्थापनलाई प्रविधिसँग जोडेर खुला दिलले कूटनीतिक संवाद अगाडि बढाउनु पर्ने समय आएको बताएका छन् ।

नेता भट्टराईले आज बिहान एक कार्यक्रममा अन्तर्वार्ता दिने क्रममा यस्तो प्रतिक्रिया दिएका हुन् । खुला सीमा, डुबानका समस्या इतिहासले हामीलाई छाडेका जिम्मेवारी भएको बताएका उनले भने, ‘हामी नजिकको छिमेकी भएकाले केही समस्या छन् । कहिलेकाहीँ असाान्य घटनाले चिसोपन पनि ल्याउने गरेको छन् । ‘

नेपालका हरेक राजनीतिक आन्दोलनमा भारतको सद्धाव रहेकोले नेपालको भारतसँग असल सम्बन्ध चाहिरहेको बताएका छन् । नेपालका हरेक राजनीतिक आन्दोलनमा भारतीय सद्भाव छ । ‘हरेक विकास निर्माणमा पनि भारतको सहयोग छ , उनले भनेका छन्, उसले अरुको सहयोग लियो, हामीले भारतको सहयोग लियौ । तर भारत पनि हिजोको ठाउँमा छैन, हामी पनि हिजोको ठाउँमा छैनांै ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर