विश्व चर्चित साइकल खेलाडी बन्ने चाहना पूरा गर्न यि युवतीले परिवार सहित देश नै छाडिन् र बनिन् शरणार्थी — OSNepal

विश्व चर्चित साइकल खेलाडी बन्ने चाहना पूरा गर्न यि युवतीले परिवार सहित देश नै छाडिन् र बनिन् शरणार्थी

LC (KTM) May 17, 2021 0

काठमाडौं । आफ्नो ब्यक्तिगत इच्छा पूरा गर्नका लागि गाउँ शहर र टोल छाडेका खबरहरु त सुन्दै आइएको हो । तर देश नै छाडेको खबर पहिलो पटक सुनिएको छ । खबर हो अफगानिस्तानकी साइकल खेलाडी मासुमाह अली जादाको । जसले शरणार्थी ओलिम्पिक्स टोलीबाट टोक्यो ओलिम्पिक्समा सहभागी हुने आशा गरेकी छन्। मासुमाहले तालिबानबाट आँफुलाई जोखिम हुनसक्ने भन्दै सामाजिक दबावका कारण सन् २०१६ मा परिवारसहित उनले देश नै छाड्न बाध्य भइन् ।

हाल शरणर्थीका रुपमा फ्रान्समा शरण लिइरहेकी यि युवती र उनको परिवार शरणर्थी जीवन बिताइरहेका छन् । महिलाहरूलाई काम र उनीहरुको इच्छा पूरा गर्न नदिने सामन्ती सोच राखेको तालिबानको शासन हुँदा बालिकाहरूलाई विद्यालय जान निरुत्साहन गरे पनि उनले भने कहिल्यै हिम्मत हारिनन् ।

अफगान सरकार र उसका सहयोगीहरूले त्यसयता तालिबानसँग युद्ध गरिरहेका छन्। पछिल्ला केही महिनाहरूमा सर्वसाधारण र त्यसमा पनि विशेषगरि ख्याति कमाएका महिलाहरू लक्षित तालिबानले बदलाको दृष्टि राखेकमा कारण कतिपय महिला दिदीबहिनीहरुले देश नै छाड्नु परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर