परपुरुषसँग पत्निलाई पतिले रंगे हात भेटेपछि... — OSNepal

परपुरुषसँग पत्निलाई पतिले रंगे हात भेटेपछि…

LC (KTM) August 17, 2021 0

अहिले युट्युवमा श्रीमान श्रीमतीका विवाद र वहुविवाह लगायतका विषय हेडलाइन बन्ने गरेका छन् । कसको श्रीमती को संग गयो ? रंगेहात कोठामा पक्राउ परे लगायतका भिडियो ट्रेण्डिङमा आउने गरेका छन् । पत्रकारीताको मर्म र क्षेत्रमै नपर्ने यस्तो घटनाहरुले सामाजिक सञ्जाल र युट्युव ढाकेका छन् । नितान्त ब्यक्तिगत जीवनमा प्रवेश गरेका युट्युवरहरुले प्रहरीले जस्तै कोठा कोठामा छापा मार्ने गरेका छन् ।

एउटा क्यामेरा लिएर अरु सुतेका कोठामा लेन्स घुमाउँदै पुग्ने युट्युवरले महिलालाई सोध्ने प्रश्नले वास्तवमै यो समाज कता जाँदैछ भन्ने देखाउँछ । तपाईको ल सप स यो पुरुषसंग मात्र हो की अरु पनि छन् तपाईका केटा ? पत्रकार दावी गर्दै अरुको कोठामा छापा मार्न पुगेका युट्युवरले महिलालाई सोधेको प्रश्न हो यो ।

तपाईको श्रीमान हामीले लिएर आएका छौं तपाईको श्रीमान निकै पीडित हुनुहुन्छ, क्यामेरा लिएर कोठामा पुगेका युट्युवरले एक महिलाको अस्मिता माथि गरेको प्रश्न हो । पारिवारिक विवादका कुरा आफै नमिलाएर क्यामेरा र युट्युवर बोलाउने समाजका पुरुषवादी सोचका कारण अहिले दिनहुँ महिलाका विषय यसरी उचालिने गरेका छन् । उनीहरुको इज्जत, सम्मानलाई क्योमेराको लेन्सले धज्जी उडाइरहेको छ ।

तल उल्लेख गरिएको यो भिडियोमा महिलाको सम्बेदनशिलता, पारिवारिक विवाद माथि युट्युवरको डलर खेती राम्ररी देख्न सकिन्छ । यो भिडियोमा पत्रकारीताको धर्म कत्तिको निर्वाह भएको छ त्यसको मुल्याकंन आफै गर्न सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर