अप्ठ्यारोमा परे शिल्पा शेट्टी र उनकी आमा पनि — OSNepal

अप्ठ्यारोमा परे शिल्पा शेट्टी र उनकी आमा पनि

LC (KTM) August 17, 2021 0

पति राज कुन्द्राका कारण तनावमा रहेकी अभिनेत्री शिल्पा शेट्टीलाई झन् तनाव थपिएको छ । केही दिन अघि उनी र उनकी आमा बिरुद्ध ठगी गरेको आरोपमा उजुरी परेको थियो । सोही उजुरीलाई लिएर प्रहरीले शिल्पा लाई ३ दिनको अल्टिमेटम दिएको छ ।

सो अल्टिमेटम भित्र शिल्पाले चित्त बुझ्दो जवाफ पेश नगरे कारबाही प्रक्रिया अघि बढाउने चेतावनी समेत दिएको छ । शिल्पा र उनकी आमा सुन्नदा विरुद्ध लखनउको हजरतगञ्ज र भिभूतिखण्ड थानामा ठगीको दुई वटा एफआईआर दर्ता भएको थियो । उनीहरुले बिजनेशको नाममा ब्रान्च खोल्न भनेर करोडौ रुपैया टगी गरेको आरोप रहेको छ ।

शिल्पा र उनकी आमामाथि वेलनेस सेन्टरको नाममा मानिसहरुसंग करोडौं ठगी गरेको आरोप लागेको हो । यहि उजुरीको आधारमा लखनउ प्रहरीले शिल्पालाई नोटिस पठाएको छ । पुलिसहरु शिल्पाकै घर सोधपुछका लागि पुगेका थिए तर शिल्पा मुम्बइमा नभेटिए पछि उनको म्यानेजरलाई नोटिस थमाउँदै फर्किएको छ ।

उक्त नोटिसमा लखनउ प्रहरीले शिल्पा र उनकी आमाले मिलेर ठगेको बिषयमा बिभिन्न प्रश्नहरु गरेको छ । आओसिस स्लिमिङ स्किन सलून तथा स्पा नामबाट शिल्पा र उनकी आमाले कम्पनी स्थापना गरेका छन् । त्यहि ब्यवसायको अर्काे ब्रान्च लखनउमा खोल्ने बहानामा बिभिन्न ब्यक्तिहरु संग करोडौ रुपैया कुम्ल्याएको आरोप रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर