एयरपोर्टमा अभिनेत्री श्रद्धा कपुरले गरेको यस्तो बानिले फ्यान भए चकित — OSNepal

एयरपोर्टमा अभिनेत्री श्रद्धा कपुरले गरेको यस्तो बानिले फ्यान भए चकित

LC (KTM) August 17, 2021 0

बलिउड स्टारहरु अक्सर आफ्नो फ्यानको लागि सामाजिक सञ्जालमा तस्बीर सार्वजनिक गरिरहन्छन् । यस बाहेक जब कुनै फ्यान संग भेट हुन्छ त्यतिबेला स्टारहरु उनीहरु संग फोटो खिच्छन् । कहिले काहि स्टारहरु आफ्नो फ्यानलाई सहयोग पनि गरिरहेको देख्न सकिन्छ ।

हालै बलिउड नायिका श्रद्धा कपुर पनि एयरर्पाेटमा एक फ्यान संग ठोक्किन पुग्छिन् । महिला फ्यान जब श्रद्धा लाई आफ्नै आँखाको अगाडि देखेपछि एकदमै इमोश्नल हुन्छिन् । यसपछि जे हुन्छ त्यो देखेर सबैले श्रद्धाको तारीफ गरिरहेका छन् । श्रद्धा कपुरको यो एयरपोर्टको भिडियो सामाजिक सञ्जालमा भाईरल भएको छ ।
यस भिडियोमा श्रद्धा कपुरको एक फ्यान उनी संग भेटेर एकदमै भावुक भईन् । यसपछि श्रद्धाले उनलाई पुरा समय दिन्छिन् र उनी संग गफ गर्छिन् । यस क्रममा श्रद्धाले आफ्नो फ्यानलाई शान्त रहन भनिरहेको देख्न सकिन्छ ।

श्रद्धा लाई भेटेर कतिको उत्साहित भएकी छिन् ति महिला फ्यान भन्ने कुरा उनको अनुहार बाट प्रष्ट देख्न सकिन्छ । उनको आँखामा आँसु छचल्किन्छ । श्रद्धाले यो मोमेन्टलाई एकदमै राम्रो तरिकाले सम्हालेकी छिन् भने उनी संग सेल्फी समेत लिन्छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर