बलिउड स्टारहरु अक्सर आफ्नो फ्यानको लागि सामाजिक सञ्जालमा तस्बीर सार्वजनिक गरिरहन्छन् । यस बाहेक जब कुनै फ्यान संग भेट हुन्छ त्यतिबेला स्टारहरु उनीहरु संग फोटो खिच्छन् । कहिले काहि स्टारहरु आफ्नो फ्यानलाई सहयोग पनि गरिरहेको देख्न सकिन्छ ।
हालै बलिउड नायिका श्रद्धा कपुर पनि एयरर्पाेटमा एक फ्यान संग ठोक्किन पुग्छिन् । महिला फ्यान जब श्रद्धा लाई आफ्नै आँखाको अगाडि देखेपछि एकदमै इमोश्नल हुन्छिन् । यसपछि जे हुन्छ त्यो देखेर सबैले श्रद्धाको तारीफ गरिरहेका छन् । श्रद्धा कपुरको यो एयरपोर्टको भिडियो सामाजिक सञ्जालमा भाईरल भएको छ ।
यस भिडियोमा श्रद्धा कपुरको एक फ्यान उनी संग भेटेर एकदमै भावुक भईन् । यसपछि श्रद्धाले उनलाई पुरा समय दिन्छिन् र उनी संग गफ गर्छिन् । यस क्रममा श्रद्धाले आफ्नो फ्यानलाई शान्त रहन भनिरहेको देख्न सकिन्छ ।
श्रद्धा लाई भेटेर कतिको उत्साहित भएकी छिन् ति महिला फ्यान भन्ने कुरा उनको अनुहार बाट प्रष्ट देख्न सकिन्छ । उनको आँखामा आँसु छचल्किन्छ । श्रद्धाले यो मोमेन्टलाई एकदमै राम्रो तरिकाले सम्हालेकी छिन् भने उनी संग सेल्फी समेत लिन्छिन् ।