बलिउड चर्चित निर्देशक संजयलीला भन्सालीले ‘हिरामन्डी’ नामक सिरिज बनाउन मनिषा कोइरालालाई गरे प्रस्ताव — OSNepal

बलिउड चर्चित निर्देशक संजयलीला भन्सालीले ‘हिरामन्डी’ नामक सिरिज बनाउन मनिषा कोइरालालाई गरे प्रस्ताव

LC (KTM) August 17, 2021 0

एजेन्सी । गत सोमबार बलिउडका चर्चित निर्देशक संजयलीला भन्सालीले बलिउडमा आफ्नो २५ वर्ष पुरा गरे । बलिउडमा प्राय ठूला स्टारसँग काम गरिसकेका संजयले आफूलाई निर्देशनसँगै संगीतकारको रुपमा पनि स्थापित गरिसकेका छन् । उनले आफ्नो निर्देशन रहने फिल्ममा दिँदै आएको संगीतले दर्शकको मन जितिसकेका छन् ।

बलिउडका ठूला स्टारहरु शाहरुख खान, सलमान खान, ऐश्वर्या राय, अजय देवगन, माधुरी दीक्षित, ऋतिक रोशनसँग काम गरिसकेका छन् । पछिल्लो समय उनकै फिल्ममार्फत रणवीर सिंह र दीपिका पादुकोण स्टार बनिसकेका छन् । रामलीला, बाजिराव मस्तानी र पद्मावत फिल्म मार्फत रणवीर र दीपिका बलिउडमा ठूला स्टार बनेका हुन् ।

केही समययता ऐतिहासिक विषयमा फिल्म बनाउँदै आएका भन्सालीले मंगलबार भने नेटफ्लिक्सका लागि ‘हिरामन्डी’ नामक सिरिज बनाउने घोषणा गरेका छन् ।यस सिरिजमा भन्सालीले भारत विभाजन पूर्व लाहोरमा वेश्यावृत्ति गर्ने वेश्याको कथा प्रस्तुत गर्दैछन् । लामो समयदेखि ‘हिरामन्डी’ मा फिल्म बनाउने चाहाना व्यक्त गर्दै आएका भन्सालीले सिरिजका लागि मनिषा कोइरालालाई प्रस्ताव गरेका छन् ।

पछिल्लो समय ठूलो पर्दामा खासै कमाल देखाउन नसकेकी मनिषाले सिरिजमा काम गर्ने सहमति दिइसकेको स्रोतले जनाएको छ । ‘सहमति त भन्न सक्दिन यद्यपि सिरिज प्रस्ताव भएको हो र मनिषाजी पनि सिरिज गर्न उत्तिकै आतुर हुनुहुन्छ’ निर्माण पक्षले जनाएको छ । कलाकारलाई पात्रको जीवनमा ढाल्ने भन्सालीले पछिल्लो समय मुम्बइमा आधारित यस्तै वेश्याको कथामा ‘गंगुबाई कठैयावाडी’ शीर्षकको फिल्म तयार गरेका छन् । शीर्ष रोलमा आलिया भट्ट रहेको फिल्मको टिजर सार्वजनिक भएसंगै प्रशंसा भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर