अखिलले चलाएको बाइक चेक गर्दा चकित पर्यो पर्यो — OSNepal

अखिलले चलाएको बाइक चेक गर्दा चकित पर्यो पर्यो

LC (KTM) August 17, 2021 0

कपिलवस्तु- कृष्णनगर नगरपालिका-८ बहादुरगंज चोकबाट २३ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित कृष्णनगर नगरपालिका-२ पानी ट्याङ्की बस्ने ३८ वर्षीय अखिल रानालाई सोमाबर साँझ प्रहरीले पक्राउ गरेको छ ।

लु.१५ प ११९४ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय बहादुरगंज र ईलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी मोटरसाइकल चालक रानालाई पक्राउ गरेको हो ।

साथै उक्त लागूऔषध खरिद गर्न आएका प्युठान प्युठान नगरपालिका-८ खप्रिङ खोला बस्ने २९ वर्षीय बिकास महोत्रा क्षत्रीलाई समेत नगद १४ हजार रुपैयाँ सहित प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर