काबूलमै गएर गरिएको थियो यो फिल्मको शुटिंग, तालि वानले शुटिंग स्पोटमै गराएको थियो बम बि स्फोट — OSNepal

काबूलमै गएर गरिएको थियो यो फिल्मको शुटिंग, तालि वानले शुटिंग स्पोटमै गराएको थियो बम बि स्फोट

LC (KTM) August 17, 2021 0

बजरंगी भाईजान, ट्युबलाईट तथा सुल्तान जस्ता एकदमै राम्रो फिल्म बनाईसकेका निर्देशक कबीर खानले अफ गानिस्तानको काबुलको बारेमा पनि फिल्म बनाएका छन् । यस फिल्मको नाम काबुल एस्सप्रेस रहेको थियो ।

यो फिल्म सन् २००६ मा रिलजि भएको थियो ।फिल्म हेर्न जति रमाईलो थियो बनाउँदाको कहानी पनि उत्तिकै रमाईलो रहेको थियो । आज हामी तपाई लाई काबुल एक्सप्रेसको पर्दा पछाडी जोडिएको कहानी बताउँदै छौ ।

यस फिल्ममा मुख्यतया ५ जना कलाकार रहेका छन् । उनीहरु काबुलको सुनसान शहरमा हराईरहेका हुन्छन् । उनीहरुको अगाडि खतरनाक लामो काँडे तारहरु हुन्छन् । यी ५ जनामा २ भारतीय, एक अमेरिकी, एक पाकिस्तानी तथा एक अफगानी देखाईएको छ । फिल्ममा यी ५ जना पात्रको तहस नहस भएको काबूलको सामना गर्नुपर्छ ।

प्रत्येक ठाउँ ठाउँमा आर्मीको ट्यांक, गोली, बम बारुद । कबीरको यो फिल्मको प्रोडक्शन यश राज फिल्मस्ले गरेको थियो । यसैक्रममा आदित्य चोपडा लाई सोधिएको थियो आखिर तोरी फुलेको खेतमा रोमान्स देखाए पछि धुलोले भरिएको काबुलको गल्लिमा कसरी पुगियो ? उनले भन्छन्– म केही चुनौती लिन चाहान्थे । केही नयाँ गर्न चाहान्थे ।

आफ्नो कम्फर्ट जोन भन्दा बाहिर निस्किएर काम गर्न चाहान्थे । अन्र्तराष्ट्रिय दर्शकका लागि पनि एउटा फिल्म बनाउन चाहान्थे । आदित्य भएको ठाउँमा यस फिल्मको स्क्रीप्ट कबीर खान आफैले लिएर पुगेका थिए । त्यसपछि यो फिल्म शुट गर्नको लागि युद्धबाट ग्रसीत काबुल पुग्नु परेको थियो ।

उनीहरुलाई फिल्मको शुटिंग गरेमा ज्यान मार्ने धम्कि तालि वानले दिएको थियो ।  उनीहरुको शुटिंग स्पोटमा पनि बम बि स्फोट गराइएको थियो । एकदमै धेरै सुरक्षाको बीच यो फिल्म शुट गरिएको कबीरले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर