कुनै समय भद्धा ज्यानका कारण निकै तनावमा रहेकी सारा कसरी बनिन् सिल्म — OSNepal

कुनै समय भद्धा ज्यानका कारण निकै तनावमा रहेकी सारा कसरी बनिन् सिल्म

LC (KTM) August 17, 2021 0

काठमाडौं  सैफअली खानकी जेठी छोरी हुन् बलिउड अभिनेत्री सारा अली खान । आफ्नी छोरीको उमेर समानकी नायिका करिनासँग दोस्रो विबाह गरेको भनेर केही समय आलोचनाको शिकार भउका सैफकी जेठी छोरी सारा र सैफकी कान्छी पत्नी करिनाबिच भने सम्बन्ध ठिकठाक नै छ । उनीहरु सैती आमा छोरी भन्दा पनि साथी जस्तो ब्यबार गर्ने गरेको भारतीय मिडियाले बेला बेलामा रिपोटिगं गर्दै आइरहेका छन् ।

हालैमात्र एक शोमा करिनाले छोरी सारालाई गेष्टका रुपमा निम्त्याएपछि उनीहरु दुवै मिडियामा छाएका थिए । तर सारा एक्लै पनि बेला बेलामा मिडियामा छाइरहने पात्र हुन् । अहिले नायिका बन्दा सिल्म र सुन्दरी देकिएकी सारा कुनै समय भद्धा ज्यानका कारण निकै तनावमा थिइन् । हाल आफ्नो आगामी फिल्म ‘लव आज कल’ को प्रमोशन व्यस्त रहेकी साराको सिलसिलामा उनी सहर(सहर घुमिरहेकी छन् ।

सोही फिल्मको प्रचार प्रसारमा गउको अवसरमा सारालाई फिटनेस सम्बन्धी सोधिएको प्रश्नमा उनले आफ्नो भद्धा शरीर आजको यो सुन्दर अवस्थामा हुनुको मुख्य कारण नै जिम र ब्यालेन्स खानपान भएको बताइन् । हालै मात्र सारा दिल्लीमा एक कार्यक्रममा सहभागी हुँदा बोल्न पाएको अवसरलाई सदुपयोग गर्दै उनले भनिन् जिममा मैले क्रंचेज नगरेको भए म आजको सारा हुने थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर