शक्तिशाली चक्रवातका कारण भारतमा १२ जनाको निधन, नौ सेनाको जहाजमार्फत चक्रवातमा फसेकाहरुको उद्धार — OSNepal

शक्तिशाली चक्रवातका कारण भारतमा १२ जनाको निधन, नौ सेनाको जहाजमार्फत चक्रवातमा फसेकाहरुको उद्धार

LC (KTM) May 18, 2021 0

काठमाडौं-शक्तिशाली चक्रवातका कारण भारतमा १२ जनाको निधन भएको छ । भारतिय मिडियाका अनुसार तीव्र गतिको हावाहुरी र भीषण वर्षाका कारण १२ जनाको ज्या न गएको छ भने एक लाख ५० हजार जना विस्थापित भएका छन् । चक्रवातकाकारण भारतको जनजीवन अस्तव्यस्त भएको छ ।

जसको सबैभन्दा बढी असर मुम्बईमा परेको छ । मुम्बईमा ११४ किलोमिटर प्रतिघण्टाको गतिमा हुरी चलेको थियो ।कयौँ घर भत्किएका छन् भने बिजुलीका पोल भत्किँदा विद्युत आपूर्ति बन्द भएको छ । नौ सेनाको जहाजमार्फत चक्रवातमा फसेकाहरुको उद्धार भइरहेको बताइएको छ ।

भीषण हावाहुरी र वर्षाका कारण मुम्बईमा हवाई क्षेत्रसहित रेल सेवा समेत प्रभावित भएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले महाराष्ट्र, गुजरात, गोवाका मुख्यमन्त्रीसँग चक्रवातले पार्ने प्रभाव रोकथामका लागि छलफल गरी सकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर