टाउको दुखाइको अचुक औषधी हो दालचिनी, यस्ता छन् अन्य अचुक फाइदाहरु — OSNepal

टाउको दुखाइको अचुक औषधी हो दालचिनी, यस्ता छन् अन्य अचुक फाइदाहरु

LC (KTM) August 18, 2021 0

काठमाडौँ-दालचिनी स्वादका लागि मात्र नभइ स्वास्थका लागि पनि उतिकै फाइदा जनक छ । यसलाई मसलाको रुपमा पनि प्रयोग गरिन्छ । यसका फूलहरू सेता र एकै झुप्पामा फुलेका हुन्छन्। यस रुखको बोक्रा दालचिनीको रूपमाचिनिन्छ दालचिनीको बोक्रा हालेर चिया पिउने गरेमा अल्काई रोग निको हुँदै जान्छ र रगत आउन दिदैन । यसले रुघाखोकीको ज्वरोमा एक चिम्टी सुठोको धूलो ५ वटा ल्वाङ, आधा चम्चा जिरा हालेर बेसरी उमालेर दिनमा तीन पटक काँडा बनाएर पिउने गरेमा ठिक हुन्छ ।

दम खोकी निको गर्दछ ।आधा चम्चा दालचिनीको धूलो, एक चिम्टी मरिचको धूलो, आधा चम्चा जेठीमधुको धुलो, चारवटा कण्ठकारीको फल, दुई चम्चा मिश्री एक माना पानीमा पकाउने र एक चौथाई भएपछि छानेर शिशीमा राख्ने र दिनको तीन पटक विहान र दिउँसो र वेलुका खाने गरेमा ठिक हुन्छ।

यसका साथै कपाल दुखेमा दालचिनी र मरिचको लेप बनाएर विहान र वेलुका निधार र कन्चटमा लगाउने गरेमा चिसोले कपाल दुखेको ठिक हुन्छ। घाँटी बसेमा सूठो, बाबरी, दालचिनीको काडा बनाएर तातै पिएमा २ र ४ पटक मै ठीक भएर आउँछ। कोलस्टेरोल घटाउन दाल चिनीले  महत्वपुर्ण सहयोग पुरयाउछ । बिहान दालचिनी तातो पानीमा उमालेर खाँदा एकदम फाईदा पुरयाउछ।गर्भाशयको विकार भएमा दालचिनीको उपयोग गर्न सकिन्छ । प्रसवपछि एक महिनासम्म दालचिनीको टुक्रा चपाउनाले गर्भको समस्या ठीक हुन्छ ।वान्ताको समस्या भएमा एक गिलास पानीमा एक चम्चा दालचिनी पाउडर र आधा चम्चा मह मिलाएर पिएमा ठीक हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर