कम्युनिष्ट पार्टीभित्रै फाँसीवादी प्रवृत्ति हावी भयो : प्रचण्ड — OSNepal

कम्युनिष्ट पार्टीभित्रै फाँसीवादी प्रवृत्ति हावी भयो : प्रचण्ड

LC (KTM) August 18, 2021 0

काठमाडौं २ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट पार्टीभित्रै फाँसीवादी प्रवृत्ति हावी भएको बताएका छन् ।

आज बुधबार रामवृक्ष यादवको २७ औं स्मृति दिवसको अवसरमा पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

कार्यक्रममा माओवादी कै त्याग र बलिदानबाट मुलुकमा परिवर्तन सम्भव भएको दावी गरेका प्रचण्डले आग्रह, पूर्वाग्रह, अवसर र स्वार्थमाथि विजय हासिल गर्न आफुभित्रका कमीलाई सच्याउने संकल्प गनुपर्ने समेत बताएका छन् ।

कम्युनिष्ट पार्टीभित्रै फाँसीवादी प्रवृत्ति हावी भएको बताएका प्रचण्डले यस्ता प्रवृतिप्रति नझुक्ने अडान सहित संघर्षमा होमिनुपरेको बताएका छन् ।

कार्यक्रमा अध्यक्ष प्रचण्डले मुलुकमा संघीय लोकतानित्रक गणतन्त्र स्थापनापछि संविधान जारी भएपनि समाजवादको यात्रा अझै जारी रहेकाले सबै एकजुट भएर अघि बढ्न आग्रह समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर