सरकारमा सहभागितालगायत विषयमा निर्णय गर्न जसपाको दोस्रो दिनको केन्द्रीय कार्यसमितिको बैठक सुरु — OSNepal

सरकारमा सहभागितालगायत विषयमा निर्णय गर्न जसपाको दोस्रो दिनको केन्द्रीय कार्यसमितिको बैठक सुरु

LC (KTM) August 18, 2021 0

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ । हिजो मंगलबारबाट सुरु भएको केन्द्रीय कार्यसमितिको बैठक आज सम्पन्न हुँदै छ ।

बैठक कालिकास्थानस्थित अमृतभोग पार्टी प्यालेसमा बसिरहेको छ । बैठकमा सरकारमा सहभागी हुने विषय छलफल हुने छ । भने मन्त्रीको टुंगो पनि लगाइने भएको छ ।

निवार्चन आयोगले पार्टीको आधिकारिकता दिएपछि जसपाको यो पहिलो केन्द्रिय कार्यसमितिको बैठक हो । पहिलो बैठकमा ८० प्रतिशतभन्दा बढ़ी केन्द्रीय सदस्यहरु सहभागी भएको बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर