फलहरुको राजा भनिएको आँपका यस्ता छन अचुक फाइदै फाइदाहरु — OSNepal

फलहरुको राजा भनिएको आँपका यस्ता छन अचुक फाइदै फाइदाहरु

LC (KTM) August 18, 2021 0

काठमाडौ- आँप खादा मात्र मिठो नभई स्वस्थ्यका लागि पनि उत्तिकै लाभदाक हुन्छ । यसले शरीरमा तागत दिन्छ, प्यास मेटाउँछ भोक पनि मेटाउँछ । आँपको पातलाई उमालेर रातभरी ढाडिन दिने अनि छानेको झोल बिहानी पख सेवन गर्दा मद्युमेह नियमन गर्न सघाउ पु¥याउँछ ।आँप भिटामिन–ई को उत्तम श्रोत मानिन्छ । जसको सेवनले यौनिक क्षमतामा अभिवृद्धि गराउँछ ।

राम्रो स्वास्थ्यको लागि पाचन प्रणाली दुरुस्त मानिन्छ । आँपले खाने कुरा पच्ने पचाउने उत्पन्न हुने बिकार दिसाको रुपमा विसर्जन गर्ने क्षमता विकास गराउँछ ।आँपमा पाइने क्युरसेटिन, आइसो क्युरसेटिन, अस्ट्रागालीन, फिसेटिन, स्गालीक एसीड, मिथाइल गाल्लेट, साथै प्रचुर मात्रामा पाइने इन्जाइमस तथा एण्टीअक्सीडेन्ट हरुले ९कोलन०, ठूलो आन्द्रा, बक्षस्थल तथा रक्त क्यान्सर हुनबाट बचाउन सहयोगी हुने गर्दछन् ।

आँपमा भिटामिन–सी, पेकटीन पाइने हुँदा यीनले रक्त झोल ९सिरम० मा कोलेस्ट्रोलको मात्रा खास गरी कम घनत्वको लिपोप्रोटिन जुन साँच्चीकै शरीरको लागि घातकलाई न्यूनीकरण गरिदिन्छ ।र छालाको रुप रंग बारे केटिहरु मात्र हैन केटाहरु पनि खास गरी गर्मी बर्षाको बेला सजग हुने गर्दछन् । यो बेला आँप उपलब्ध छ, छालाको छिद्र सफा गर्नुका साथै डण्डीफोर, कालो दाग हटाउन ।

आँपको पातमा शरीरको रंग तथा इन्सुलीन नियमन गर्ने क्षमता हुने गर्दछ । लू बाट बचाउने आँखाको ज्योतिको लागि भिटामिन– ए को आवश्यकता पर्दछ । एक कप आँपको केस्राले हाम्रो शरीरलाई दैनिक चाहिने भिटामिन– ए को २५ प्रतिशत आपुर्ति गराउँछ । पिसाववाट बाइकार्वोनेटका कण विर्सजनको नियमन गर्दछ । आँपमा पाइने टारटारीक एसीड, मस्लीकएसीड नि न्यून मात्रा उपलब्ध सिट्रिक एसीडले शरीरमा क्षरिम तत्वको भण्डारणमा मद्धत गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर