खुशी हुँदै 'सुपर डान्सर'को सेटमा फर्किइन शिल्पा, राज कुन्द्रा जेलमा — OSNepal

खुशी हुँदै ‘सुपर डान्सर’को सेटमा फर्किइन शिल्पा, राज कुन्द्रा जेलमा

LC (KTM) August 19, 2021 0

बलिउड अभिनेत्री शिल्पा शेट्टी पति राज कुन्द्राको गिरफ्तारी पछि पहिलो पटक डान्स रियालिटी शो सुपर डान्सर च्याप्टर ४ को सेटमा देखिएकी छिन् । उनको पतिको गिरफ्तारी पछि पहिलो पटक उनलाई मुम्बइमा देखिएको हो । उनका पति राज भने अझै पनि प्रहरीको हिरासतमै रहेका छन् ।

शिल्पा सुपर डान्सरको सेटमा चुपचाप बैनिटी भेन बाट उत्रिएको भिडियो अहिले सामाजिक सञ्जालमा एकदमै भाइरल भएको छ । उनी भेन बाट चुपचाप उत्रिन्छिन् र सेट तर्फ लाग्छिन् । उनले फोटो पत्रकारहरुलाई देखेर हाइ पनि गर्छिन् । तर केही नबोली सरासर सेट तिर लाग्छिन् । उनले नीलो रंगमा रंगी बिरंगी फुल भएको सारी लगाएकी थिईन् ।

जब शिल्पालाई सेटमा यस शो को क्रु मेम्बरहरुले देख्दा एकदमै भावुक भएका थिए । केही दिन अघि मात्र यस शो को निर्माण पक्षले शिल्पा संग वापस बोलाउने बिषयमा कुरा गरेका थिए । उनी सेटमा आए लगत्तै निर्माण पक्षले खुशी ब्यक्त गरेका छन् । उनी दर्शकको लागि मात्र हैन आफ्नै लागि भए पनि कमब्याक गर्ने मनस्थितीमा रहेकी थिईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर