डिप्रेसन लगायत कैयौँ रोगहरुको सामना गर्न मद्धत गर्छ ओखरको नियमित सेवनबाट — OSNepal

डिप्रेसन लगायत कैयौँ रोगहरुको सामना गर्न मद्धत गर्छ ओखरको नियमित सेवनबाट

LC (KTM) August 19, 2021 0

काठमाडौं । ओखरमा औषधीय गुण रहेको हुन्छ । जसको सेवनले डिप्रेसन हुन नदिने चिकित्सकहरु बताउँछन् । अमेरिकामा गरिएको एक अनुसन्धानले ओखर खाँदा डिप्रेसन हुने जोखिम कम हुने निष्कर्ष निकालेको छ । क्यालिफोर्निया विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले ओखर खाँदा मानिसमा एकाग्रताको स्तर बढ्ने उल्लेख छ ।

ओखर खाने व्यक्तिमा डिप्रेसनकोस्तर २६ प्रतिशतले घट्ने निष्कर्ष निकालेको अध्ययनले ओखरले शारीरिक ऊर्जामा वृद्धि र एकाग्रता बढाउने बताएको छ ।न्युट्रियएन्ट जर्नलमा प्रकाशित अध्ययनको निष्कर्षमा अध्ययनमा संलग्नमध्ये एक वयस्क जीवनमा एक न एकचोटि डिप्रेसनग्रस्त भएको बताएका उल्लेख छ । अध्ययनमा २६ हजारभन्दा बढी अमेरिकी वयस्कहरूलाई संलग्न गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर