कोरोना पीडितलाई दिन रात नभनी मलम लगाउदै अभिनेता सोनुसुद, विरामीलाई सघाउन सुदले विदेशबाट अक्सिजन प्लान्ट ल्याउने — OSNepal

कोरोना पीडितलाई दिन रात नभनी मलम लगाउदै अभिनेता सोनुसुद, विरामीलाई सघाउन सुदले विदेशबाट अक्सिजन प्लान्ट ल्याउने

LC (KTM) May 18, 2021 0

काठमाडौं-भारतमा कोरोनाको दोस्रो लहर बढेसँगै बलिउड कलाकार सोनुसुद तन मन धनलाएर पिडितहरुलाई मल लगाउने काम गरेका छन् । बलिउडमा सहयोग गर्नेमा सायद पहिलो नम्बरमा सोनुसुद नै आँउने गर्छन् । महामारीमा उनले धेरै व्यक्तिलाई सहयोग गरिरहेका छन्।भारतमा अहिले अक्सिजन र भेन्टिलेटरको कमी भइरहेको छ। जसकारण अभिनेता सुदले देशमा अक्सिजनको कमी पूरा गर्न अन्य देशबाट अक्सिजन प्लान्ट ल्याउने घोषणा गरेका छन्। उनको यो घोषणाको चौतर्फी चर्चा भइरहेको छ ।

उनले भारतमा विभिन्न ठाउँमा अक्सिजन प्लान्ट स्थापना गर्न फ्रान्स र अन्य देशहरुबाट ल्याउने भएका छन्।धेरै मानिसलाई अक्सिजन सिलिन्डर नपाएका कारण ज्यान गुमाएपछि उनले यस्तो कदम चालेका हुन् ।उनले अर्डर गरेको पहिलो प्लान्ट फ्रान्सबाट १०र१२ दिनमा आउने छ।

उनले भनेका छन् ‘हाम्रो लागि सबैभन्दा ठूलो चुनौतीको समय हो। सबै कुरा समयमै आउँछ। कसैले ज्या न गुमाउनु नपरोस् भनेर हामी सक्दो कोशिश गरिरहेका छौं,’ । उनले कोरोनाको पहिलो चरणताका समेत सहयोग गरेका थिए। निरन्तर सहयोग गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर