OSNepal बुधबार, मंसिर २२ २०७८

शुक्रबार शुक्रसँग सम्बन्धित रत्नको दान गर्दा चम्किन्छ भाग्य

शुक्रबार शुक्रसँग सम्बन्धित रत्नको दान गर्दा चम्किन्छ भाग्य

  • OSNepal
  • शुक्रबार, भाद्र ४ २०७८


शुक्रबार   शुक्रसँग सम्बन्धित रत्नको दान गर्दा चम्किन्छ भाग्य
Reading Time: < 1 minute

काडमाडौँ – शुक्रबारलाई काम सुरु गर्नका राम्रो बारका रुपमा हेरिन्छ । धर्मशास्त्र अनुसार शुक्र ग्रह भोग विलास, सांसारिक सुख, प्रेम, मनोरंजन, व्यवसाय, श्रीमतीको कारक ग्रह हो । त्यसैले आफ्नो श्रीमतीलाई कष्ट दिनु, कुनैपनि प्रकारको फोहोर वस्त्र लगाउनुले शुभ अशुभ फल दिने गर्छ ।

शुक्रवारको दिन यी कामहरु गर्नुहोस् राम्रो मानिन्छ । शुक्रवार दिन सेतो वस्त्र लगाउनुहोस् । शुक्रवार घरमा तुलसीको वृक्ष लगाएर पुजा गरेमा पनि राम्रो मानिन्छ । शुक्र, ग्रहमा सबैभन्दा चम्किलो र प्रेमको प्रतिक भएका कारण पनि यो बार सबै कुराले शुभ हुने धर्म शासत्रमा उल्लेख छ । जानकारहरुका अनुसार शुक्रवार दिन सेतो वस्त्र लगाउँदा निकै उत्तम हुन्छ । त्यस्तै शुक्रवार घरमा तुलसीको वृक्ष लगाएर पुजा गरेमा पनि राम्रो मानिन्छ ।

आजको दिनमा चाँदी, चामल, दूध, दही, सेतो चन्दन, सेतो वस्त्र कुनै पुजारीको श्रीमतीलाई दान गर्दा फलिफाप हुन्छ भन्ने विश्वास रही आएको छ । आजको दिन घर छाडेर बाहिर हिड्दा पनि सेतो चन्दनको टिका लगाउन शास्त्रले भनेको छ । शुक्रवारको दिन भोजनलाई जुठो बनाउनु अघि केही भाग गाईलाई पनि बाँड्न सकेको खण्डमा सुनमा सुगन्ध हुन्छ । शुक्रसँग सम्बन्धित रत्नको दानले पनि लाभ मिल्नेछ । शुक्र ग्रहसँग सम्बन्धित दशाले समस्याग्रस्त हुनुहुन्छ भने शुक्रबारको दिन व्रत बस्नु पर्दछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड