लन्च भएकै दिन एनटीआरले किने महँगो मूल्यमा लग्जरीयस कार , लन्च हुने बित्तकै खरीद गर्ने पहिलो इण्डियन समेत बने — OSNepal

लन्च भएकै दिन एनटीआरले किने महँगो मूल्यमा लग्जरीयस कार , लन्च हुने बित्तकै खरीद गर्ने पहिलो इण्डियन समेत बने

LC (KTM) August 20, 2021 0

काठमाडौं-साउथ फिल्मका चर्चित अभिनेता जुनियर एनटीआरले महँगो मूल्यमा नँया कार किनेका छन् । उनले लन्च भएकै दिन महँगो मूल्यमा एकदमै लग्जरीयस कार किनेको भारतिय मिडियाले जनाएका छन् ।

गएको सोमबार लन्च भएको ल्याम्बोग्नी युरस ग्राफिटी क्याप्सुल एनटीआरले खरिद गरेका हुन् । उनी लन्च हुने बित्तकै खरीद गर्ने पहिलो इण्डियन समेत बनेका छन् ।

अटोमोबिलियार्डेन्ट नामको इन्ष्टाग्राम पेजमा यस कारको तस्बिरहरु शेयर गरिएको छ । यही पेज मार्फत गाडीको फोटोहरु शेयर गर्दै यस गाडीको बारेमा जानकारी दिइएको छ ।

भारतमा यो लिमिटेड एडिशन मोडलको मुल्य ३ करोड १६ लाख रुपैया रहेको बताइएको छ ।ुदेशको पहिलो ल्याम्बोग्नीले हैदराबादमा आफ्नो घर भेटेको छ । यो गाडी जुनियर एनटीआरको ग्यारेजमा उभिनेवाला छ । भन्दै गाडीको फोटोहरु शेयर गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर