दुखद खबर, अफगान फुटबलरको अमेरिकी विमानको चक्कामा अवशेष फेला — OSNepal

दुखद खबर, अफगान फुटबलरको अमेरिकी विमानको चक्कामा अवशेष फेला

LC (KTM) August 20, 2021 0

काबुल- अमेरिकी विमानको चक्कामा अफगानिस्तान फुटबल खेलाडीको अवशेष फेला परेको दाबी गरिएको छ । बीबीसीले काबुल विमानस्थलमा अमेरिकी सैन्य विमान उड्ने क्रममा एक युवा फुटबल खेलाडीको निधन भएको पुष्टि गरेको हो ।

अफगानिस्तान यू–१९ राष्ट्रिय टोलीका जाकी अन्वारीको निधन भएको अफगानिस्तानी फुटबल अधिकारीहरुले बताएका छन् । उनको मृत्यु कहिले भयो भनेर भने खुलाइएको छैन ।

गतसाता अफगानिस्तान कब्जा गरेपछि हजारौँ मान्छे अफगानिस्तानबाट बाहिरिन काबुल विमानस्थल पुगेका थिए । गत सोमबार भाइरल भएको एक भिडियोमा अमेरिकी सैन्य विमान रन्वेबाट टेकओभर लिइरहँदा हजारौँ मानिस विमान सँगसँगै कुदिरहेका देख्न सकिन्थ्यो ।

स्थानीय संवाददाताकाअनुसार विमान चल्दा दुई जनाको मृत्यु भएको थियो । कतार पुगेसँगै अमेरिकी सैन्य विमानले मानव अवशेष गेयरमा भेटेको पुष्टि गरेको छ ।

अफगानिस्तान फिजियो एजुकेशन जेनेरल डाईरेक्टरले अन्वारीलाई फेसबुममा श्रद्धाञ्जली लेखेका छन् । ‘उनको स्वर्गमा बास हो । भगवानले उनको परिवार, साथी र स्पोर्टस् सहकर्मीकालागि प्रार्थना गर्नुहोस्’, खेलकुद निकायले भनेको छ ।यस्तै अन्य इन्स्टाग्राममा प्रयोगकर्ताले उनको देहवासन दुखद् भएको र उनको याद सधैँ प्रिय रहने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर