धनकुटामा २ विशाल सर्प ३ दिनदेखि नाचेर देखाए अचम्मको ब्यबहार, स्थानियहरु हेरेर छक्क परे, हेर्नुहोस् सर्प नाचेको यो भाइरल भिडियो — OSNepal

धनकुटामा २ विशाल सर्प ३ दिनदेखि नाचेर देखाए अचम्मको ब्यबहार, स्थानियहरु हेरेर छक्क परे, हेर्नुहोस् सर्प नाचेको यो भाइरल भिडियो

LC (KTM) May 18, 2021 0

काठमाडौ । एकातिर सर्पलाई देवताको रुपमा पूजा गर्ने अर्कोतिर सर्प देख्नेसाथ मा’रिहा’ल्ने काम तपाई हामी नै गर्छौै । तर सर्पले किराफट्यांग्रा खाएर इकोसिस्टमलाई सन्तुलित बनाइ राख्छ । सर्पको वि’षबाट क्या’न्सर, मुटुरोग, पाकिन्सन आदिको औ’षधि बनाइन्छ । बर्सेनि सर्पको पुजा चाहीँ गर्ने तर सर्पकै बारेमा आजिवन भ्रम पालेर तपाई हामी बाँचिरहेका छौं भन्दा फरक पर्दैन ।

भारतमा नागिन भन्ने सिनेमा चल्दा बिन बजाएको आवाजले सिनेमा हलमा सर्पहरु धेरै आए भन्ने हल्ला फैल्याइयो । सर्पको चटक देखाउनेहरुले बिन बजाएर सर्प नचाएको त तपाई हामीले पनि देखेका छौं । खासमा सर्पले बिनको आवाज सुनेर नाचेको होइन । किनभने सर्पको कान नै हुँदैन । सर्पको जिब्रोले तरंग महशुस गर्छ । त्यसकै आधारमा आफ्नो आहारा खोज्छ । बिनमा झुण्ड्याएको झुम्का आदि हेरेर त्यसकै आधारमा सर्पले प्रतिक्रिया जनाएको हुन्छ । त्यसलाई बिनको आवाजमा सर्प नाचेको भनेर परिभाषित गरिन्छ ।

यसै क्रममा तपाईले दुईवटा सर्प नाचेको देख्नुभएको छ धनकुटामा दुई वटा सर्प तीन दिनदेखि नाचिरहेक छन् । अहिले सामाजिक सञ्जालमा त्यो भिडियो निकै भाइरल भएको छ । स्थानिय टाढा बसेर हेरिरहेका छन् । उनीहरुले यस्तो दृष्य कहिल्यै नदेखेको बताएका छन् । बिरलै देखिने सर्प जुधाईको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको हो ।

धनकुटा नगरपालिका९६ फोकल्याण्ड टापु दक्षिणकाली जाने बाटो नजिकै दुई वटा ठुल्ठूला सर्प आपसमा जुधिरहेका छन् । भिडियो खिच्ने ब्यक्तिले त्यसवारे ब्याख्या गर्दै भनेका छन् । तीन दिन देखि यिनीहरु यसरी नै लडिरहेका छन् ।

भिडियोमा सर्प आपसमा बेरिने, टाउको उठाउने,लठारिने र घिस्रिने र नाच्ने गरिरहेको देख्न सकिन्छ । स्थानीयका अनुसार सर्प तीन दिनदेखि निरन्तर यस्तौ गरिेरहेका छन् । बस्ती नजिकै सर्प त्यसरी नाचेको देखेपछि स्थानिय भेला भएर हेरेका छन् । उनीहरु विस्तारै नाच्दै गाउँतिर आएको देख्न सकिन्छ । सर्प जुधेको हेर्न स्थानीयको भीड लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर