अफगानिस्तानमा ता लिवानको राज, यो भन्दा अघि १५ बर्ष देखी ४५ बर्ष सम्मका महिलाहरुलाई हुन्थ्यो यस्तो सम्म जबरजस्ती , अब झन के होला ? — OSNepal

अफगानिस्तानमा ता लिवानको राज, यो भन्दा अघि १५ बर्ष देखी ४५ बर्ष सम्मका महिलाहरुलाई हुन्थ्यो यस्तो सम्म जबरजस्ती , अब झन के होला ?

LC (KTM) August 20, 2021 0

अमेरिका तथा नेटो सैनिक अफगानिस्तान बाट फिर्ता भएसंगै ता लिवानले आफ्नो दबदबा बढाएको छ । उसले सिंगो अफगानिस्तान नै नियन्त्रणमा लिन सफल भएको छ । ता लिवानले अब आफ्नो चलखेल सुरु गरेको छ । उनीहरुले सबैलाई आफ्नो निती नियम भित्र बसे केही नगर्ने बताईरहेका बेला यहाँका जनता भने त्रासले देशै छोड्न सुरु गरिसकेका छन् ।

केही समय अघि मात्र ता लिवानको बढ्दो प्रभावबाट सबै भन्दा बढी अफगानिस्तानका महिलाहरु प्रताडित बन्न थालेको रिर्पाेट बाहीर आएको थियो । द सन वेबसाइटको रिर्पाेट अनुसार ता लिवानको ब्यक्तिहरुले घर घरमा गएर केटी तथा महिलाहरुलाई खोजी गर्दै उनीहरुलाई सेक्स गुलाम बनाईरहेको छ ।

द सनको रिर्पाेट अनुसार ता लिवानका नेताहरु अब अफगानिस्तानका युवतीहरुलाई अपहरण गर्दै उनीहरुलाई जबरजस्ती बिबाह गरेर सेक्स गुलाम बनाउने काम गरिरहेका छन् । ता लिवानको यो हर्कत इराक तथा सीरियामा रहेको इस्लामिक स्टेटको क्रुरता संग मिल्दो जुल्दो रहेको छ । उनीहरु महिलाहरुलाई सेक्स गुलाम बनाउनका लागि एकदमै कुख्यात रहेका छन् ।

ता लिवानले नियन्त्रणमा लिएको क्षेत्रबाट उनीहरुले १५ बर्ष देखी ४५ बर्ष सम्मका महिलाहरुको लिस्ट ता लिवानलाई बुझाउन आग्रह गरेको थियो । जबकी उनीहरु संग आफ्नो केटाहरुको बिबाह होस् भन्ने ता लिवानको चाहना थियो ।

रिर्पाेटका अनुसार अब ता लिवानले जबरजस्ती यी उमेर समुहका किशोरी तथा महिलाहरुलाई घर बाटै उठाईरहेको छ । ब्लुमबर्गको रिर्पाेट अनुसार यस प्रकारको हर्कत संगै ता लिवानको कब्जामा रहेको क्षेत्रका महिलाहरुका लागि एकदमै चुनौती बढेर गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर