आज बाट ३९ बर्षकी भईन् सुन्दर अभिनेत्री रेखा थापा — OSNepal

आज बाट ३९ बर्षकी भईन् सुन्दर अभिनेत्री रेखा थापा

LC (KTM) August 21, 2021 0

नेपाली चलचित्रकी एक समयकी सुपरहिट हिरोइन् रेखा थापाको आज जन्म दिन । अभिनेत्री थापा आज बाट ३९ बर्षकी भएकी छिन् । नेपाली सिने क्षेत्रमा एक समय एकछत्र राज गर्न सफल भएकी रेखा लाई उनको जन्म दिनको अवसरमा नेपाली सिने जगतका बिभिन्न ब्यक्तित्वले शुभकामना समेत दिएका छन् ।

बि.सं. २०३९ साल भाद्र ५ गते मोरंगमा जन्मिएकी रेखाले हिरो चलचित्रबाट डेब्यु गरेकी थिईन् । धेरै नेपाली फिल्महरुमा अभिनय गरिसकेकी रेखा अचेल भने सुस्ताएकी छिन् । उनी हिरोइन मात्र नभएर एक निर्माता तथा निर्देशकको रुपमा समेत देखा परिसकेकी छिन् । उनले आफैले पछिल्लो समय हिट फिल्महरु दिएकी छिन् ।

रेखाले नरेश पौडेलको निर्देशन तथा छविराज ओझाको निर्माण रहेको चलचित्र ‘हिरो’बाट अभिनयमा डेब्यू मारे देखी पछाडी फर्किएर हेर्नु परेको छैन । करिबन २ सय हाराहारी चलचित्र अभिनय गरेकी उनले अचेल एक्सन प्यार्टनको फिल्महरुमा आफुलाई उभ्याउन सफल भएकी छिन् । एकदमै छुच्ची र घमण्डी स्वभावकी यी नायिकाको निर्माता छबि ओझा संग बिबाह भएको थियो ।

छबि संग लामो समय सम्म सम्बन्ध टिक्न नसके पछि उनी अहिले अलग्गै बस्दै आएकी छिन् । उसो त यी नायिकाले हिरोको फिल्ममा चलेको एकाधिकार लाई भने तोड्न सफल भएकै मान्नु पर्छ । हिरोइन पनि एक असल हिरोको रुपमा फिल्ममा देखिन सक्छिन् भन्ने सन्देश यी नायिकाले दिएकी छिन् ।

पछिल्लो समय उनी फिल्म लाइनमा एकदमै सुस्ताएकी छिन् । राजनितीक करियर पनि कहिले एउटा पार्टी त कहिले अर्काे गरेकाले साफ नै भएको छ । एकताका प्रचण्ड संग कम्मर मर्काइ मर्काइ नाचेर भाइरल भएकी यी नायिकाको अन्य नेपाली फिल्मका नायकहरु संग सम्बन्ध त्यति राम्रो रहेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर