यी हुन् बहादुर सिपाही , जस्ले सलमान लाई बिमानस्थलको गेटमै यसरी रोकि दिए — OSNepal

यी हुन् बहादुर सिपाही , जस्ले सलमान लाई बिमानस्थलको गेटमै यसरी रोकि दिए

LC (KTM) August 21, 2021 0

बलिउडका सेलीब्रेटीहरु आफुलाई निक्कै ठुलो ठान्ने गरेका छन् । साना तिना लाई हेप्ने बलिउडमा चलेका सेलीब्रेटीहरुको सामान्य कुरा नै हो । धेरै जसो संबेदनशील क्षेत्रमा सुरक्षाकर्मीले सेलीब्रेटी भनेर मात्र हुदैन उनीहरुले सुरक्षा जोखीमलाई लिएर जो कोही लाई नियम भित्र रहेर जाँच गर्न पाउँछन् । यस्तै घटना भएको छ बलिउडका चलेका स्टार सलमान खान माथि ।

उनी कैयौ पटक पब्लिक प्लेसमै झगडा गर्ने तथा हप्की दप्की दिने गर्थे । उनी मात्र एक हैनन् बलिउडमा यस्ता धेरै स्टारहरुले आफ्नो पावर देखाई हाल्छन् । बलिउडमा चलेका तथा बलेका नायक सलमान खान र कट्रिना कैफ आफ्नो फिल्म टाइगर थ्रीका लागि रुस प्रस्थान गरेका छन् । सोही क्रममा मुम्बई बिमानस्थलमा केन्द्रीय औद्योगिक सुरक्षा बलका एक जवानले सलमान खानलाई गेटमै रोकि दिएका छन् ।

उनले सलमानलाई अनुसन्धानका लागि भन्दै गेटमा नै रोकिदिएका थिए । उनको यो हिम्मत लाई सबैले तारिफ गरेका छन् । जहिले एग्रेसिभ मोडमा देखिने सलमान ति जवानले रोक्दा भने कुल नै देखिएका थिए । सलमानलाई रोकेको विमानस्थलको भिडियो अहिले सामाजिक सञ्जालमा एकदमै भाइरल भइरहेको छ ।

यो भिडियोमा सलमान खान आफ्नो कार बाट उत्रिएर आफ्ना सहयोगीका साथ बिमानस्थल तर्फ लागिरहेको देख्न सकिन्छ । सलमान विमानस्थलको गेटतर्फ अघि बढ्छन् । त्यहाँ टिकट र परिचयपत्रको अनुसन्धान चलिरहेको देख्न सकिन्छ । गेटबाट भित्र छिर्न लागेका बेला ति सुरक्षा बलमा जवानले उनलाई भित्र जान रोक्छन् । त्यतिमात्र हैन ति जवानले अन्य फोटो पत्रकार तथा टीमका सदस्यहरुलाई भिड नगरिदिन र पछि हट्न भन्छन् ।

सलमान यति भनेपछि टक्क अडिन्छन् र शान्त भएर त्यहि उभिइरहेको देख्न सकिन्छ । ति जवानको अहिले सामाजिक सञ्जाल भर तारिफ गरिएको छ । सेलीब्रेटी र आम साधारण मानिस एउटै हो भन्ने कुरा उनले प्रष्ट रुपमा देखाई दिएको भन्दै उनको सर्वत्र प्रशंशा भएको छ ।

सलमानको साथमा अभिनेत्री कट्रिना कैफ पनि मुम्बई विमानस्थलमा देखिएकी थिइन् । कट्रिनालाई पूरा कालो पहिरनमा देखिएको थियो । टाइगर थ्री को सुटका लागि उनीहरु रुस प्रस्थान गरेका हुन् । यस फिल्ममा सलमान खान, कट्रीना संगै इमरान हाशमी पनि यस फिल्ममा देखिनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर