घाँटीको अप्रेशन गरेर घरमा बसिरहेका नेपाली चलचित्रका चर्चित खलपात्र मुकुन्द थापालाई १ लाख रुपैया सहयोग — OSNepal

घाँटीको अप्रेशन गरेर घरमा बसिरहेका नेपाली चलचित्रका चर्चित खलपात्र मुकुन्द थापालाई १ लाख रुपैया सहयोग

LC (KTM) August 21, 2021 0

पछिल्लो समय नेपाली कलाकारहरु एक अर्कालाई पर्दा सहयोगका हातहरु अघि बढाउन थालेको देखिन्छ । निशा घिमिरे देखी लिएर हालै बिरामी परेर थला बसेका नेपाली सिने जगतमा चर्चित खलपात्र मुकुन्द थापा सम्मलाई सहयोग गर्ने क्रम देखिएको छ ।

पछिल्लो समय घाँटीको शल्यक्रिया गरी घरमा रहेका चर्चित खलपात्र तथा अभिनेता मुकुन्द थापालाई एक लाख रुपैयाँ आर्थिक सहयोग गरिएको छ । उनलाई चलचित्र विकास बोर्डअन्तर्गतको चलचित्रकर्मी कल्याण कोषबाट उक्त रकम सहयोग स्वरुप हस्तान्तरण गरिएको हो ।

अढाई दशक भन्दा लामो समय सम्म नेपाली चलचित्र क्षेत्रमा आफ्नो अभिनय पस्किदै आएका थापालाई उनकै निवास काभ्रेको पनौति पुगेर सो रकम हस्तान्रण गरिएको हो । उक्त रकम चलचित्र बिकाश बोर्डका अध्यक्ष दयाराम दाहाल र कोषकी संयोजक वसुन्धरा भुषालले संयुक्त रुपमा हस्तान्रण गरेका थिए ।

यस कोषले स्थापना कालदेखि नै गम्भीर प्रकृतिको रोग लागेका फिल्मकर्मीहरूलाई कदर सम्मान स्वरूप सहयोग रकम उपलव्ध गराउदै आएको छ । उक्त रकम प्रदान गर्न नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खडका, नारायण प्रधान, पुष्कर लामा, मोहन निरौला, अभिनेता धिरेन शाक्य, गोपालकाजी कायस्थ, राज मानन्धर लगायतको उपस्थिति थियो । हाल थापा घरमै स्वास्थ्य लाभ गरिरहेका छन् । उनले धेरै जसो नेपाली फिल्ममा खलपात्रको रुपमा आफ्नो अभिनय कौशल देखाईसकेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर