खतरो के खेलाडीमा निक्कीको यस्तो हर्कत, साहसीक खेलमा डरपोक प्रतिष्पर्धी भन्दै भयो आलोचना — OSNepal

खतरो के खेलाडीमा निक्कीको यस्तो हर्कत, साहसीक खेलमा डरपोक प्रतिष्पर्धी भन्दै भयो आलोचना

LC (KTM) August 21, 2021 0

चर्चित रियालीटी शो खतरो के खेलाडी सिजन ११ लाई दर्शकहरु बाट एकदमै राम्रो प्रतिक्रिया मिलिरहेको छ । यस शो लाई एकदमै रमाईलो बनाउन स्टन्ट बाहेक अन्य खुराकहरु समेत पस्किने गरिएको छ । यहि शो को सबैभन्दा चर्चित प्रतिष्पर्धी निक्की तम्बोली स्टन्ट नै गर्न सकिरहेकी छैनन् तर उनी शो मा टिकिनै रहेकी छिन् ।

यसको मतलव यस शो का लागि उनी ग्ल्यामर प्रस्तुतीकरण का साथै मनोरञ्जनको एक ठुलै पक्ष बनेकी छिन् । अक्सर गरेर अर्जुन बिजलानी तथा अरु प्रतिष्पर्धीहरु निक्की लाई मजाक उडाईरहेको देखिन्छन् । साथै उनी संग प्रैंक गरिरहेको देख्न सकिन्छ । जसलाई हेर्न एकदमै मज्जा आईरहेको छ ।

आउँदो एपिसोडका लागि निक्की संग एकदमै ठुलो प्रैंक गरिएको छ । कलर्सले आफ्नो आधिकारीक इन्ष्टाग्राम ह्याण्डलमा यस शो को आउने भागको एकदमै रमाईलो भिडियो शेयर गरेको छ । निक्कीलाई डर देखाउनका लागि उनी संग प्रैंक गरिएको छ । जब निक्की टास्कको लागि आफ्ना अन्य प्रतिष्पर्धीहरु संग उभिएकी हुन्छिन् त्यतिबेला पछाडी बाट कोही भूत जस्तै गेटअपमा आएर निक्कीको कपाल सुमसुमाउन थाल्छ ।

जब निक्कीले पछाडी फर्किएर हेर्छिन् तब उनको होश उड्छ । उनी डराएर सेटको वरीपरी कुदेको भिडियोमा देख्न सकिन्छ । कलर्सले यो भिडियो शेयर गर्दै क्याप्सन लेखेको छ – निक्की तम्बोली सिर्फ रेप्टाइल्स एनिमल देखी मात्र हैन भूत देखी पनि डराउँछिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर