शाहरुख खानकी छोरीले अमिताभ बच्चनको नाती संग मस्ती गर्दै , श्रीदेबीको छोरी पनि उनकै पछि लाग्दै — OSNepal

शाहरुख खानकी छोरीले अमिताभ बच्चनको नाती संग मस्ती गर्दै , श्रीदेबीको छोरी पनि उनकै पछि लाग्दै

LC (KTM) August 21, 2021 0

केही दिन देखी खबर आईरहेको छ कि श्रीदेवीको सानी छोरी खुशी कपुर चाँडै नै बलिउडमा डेब्यु गर्न गईरहेकी छिन् । खुशी कपुर शाहरुख खानकी छोरी सुहाना खान तथा अमिताभ बच्चनका नाती अगस्त्य नन्दा संग डेब्यु गर्न गईरहेकी छिन् । यी तिनै जना जोया अख्तरको फिल्ममा काम गर्न लागेका हुन् ।

यसलाई लिएर खुशी कपुरका पिता तथा निर्माता बोनी कपुरले आफ्नो प्रतिक्रिया दिएका छन् । एक संचारमाध्यम संग कुराकानी गर्दै उनले भनेका छन्– मलाई यसबारेमा केही थाहा छैन । मलाई थाहा छैन कि तपाई केको बारेमा गफ गरिरहनु भएको छ । बोनी कपुरले भनेका थिए कि उनी खुशीलाई लन्च गर्ने पक्षमा छैनन् ।

तर खुशीलाई बलिउड डेब्यु गर्न मन भए उनको आफ्नो ब्यक्तिगत निर्णय हो । बलिउडमा आउन मन भए उनले आफै फैसला गर्नेछिन् । बोनीले भनेका छन्– म संग स्रोत छ , तर म चाहान्छु कि कोही अरुले नै उनलाई लन्च गराओस् किनकी म उनको पिता हु ।

खुशी एक ठुलै निर्देशक बाट लन्च हुने कुराको बोनीले संकेत समेत गरेका थिए । उनले भनेका थिए– म चाहान्छु खुशी आफ्नो निर्णय आफै लिउन् । उनी एक यस्ता निर्देशबाट लन्च हुन लागेकी छिन् जसलाई म सम्मान गर्छु साथै यसलाई लिएर म सुरक्षित महसुस पनि गर्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर