खुशी हुँदै काममा फर्किइन् शिल्पा — OSNepal

खुशी हुँदै काममा फर्किइन् शिल्पा

LC (KTM) August 22, 2021 0

मुम्बई । बलिउड अभिनेत्री शिल्पा सेट्टी ‘सुपर डान्सर सिजन ४’ को सेटमा फर्किएकी छन् । तीन हप्ताअघि पति राज कुन्द्रा पोर्नोग्राफी केसमा पक्राउ परेर हिरासतमा रहेकै बेला उनी काममा फर्केकी हुन् । राजलाई प्रहरीले पक्राउ गरेपछि शिल्पाले आफ्नो काम छाडेकी थिइन् । राज पक्राउ परेपछि ‘सुपर डान्सर सिजन ४’ को निर्णायक उनी आफ्नो कामबाट टाढा रहेकी विस्तारै पुरानै अवस्थामा फर्किने तयारीमा छन् । हालै सार्वजनिक भएको एक भिडियोमा अभिनेत्री शिल्पा आफ्नो भ्यानिटी भ्यानबाट बाहिर निस्किएर छायांकन सेटतर्फ अगाडि बढेको देख्न सकिन्छ ।

उनले सञ्चार माध्यमलाई भने कुनै पनि प्रतिक्रिया दिइनन् । दर्शकले शिल्पालाई यो सोमा निकै रुचाएका छन् । तीन सातादेखि उनी अनुपस्थित रहँदा कार्यक्रम निर्माण टिमले सेलिब्रिटी गेस्टलाई निमन्त्रणा गरेको थियो । सौर्य दैनिकमा खबर छ । शिल्पाको अनुपस्थितिमा अभिनेत्री करिश्मा कपुर, जेनेलिया र अभिनेता रितेश देशमुख कार्यक्रममा अतिथि निर्णायकको रुपमा पुगेका थिए । यो सोमा गीता कपुर र अनुराग बसु निर्णायकको रुपमा छन् । शिल्पाका पति राज १९ जुलाईमा पक्राउ परेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर