प्रदर्शनअघि नै चलचित्र ‘केजीएफ २’ ले कमायो सय करोड — OSNepal

प्रदर्शनअघि नै चलचित्र ‘केजीएफ २’ ले कमायो सय करोड

LC (KTM) August 22, 2021 0

मुम्बई । कोरोनाका कारण बन्द रहेका हल खुल्ने प्रतीक्षामा रहेको कन्नड चलचित्र ‘केजीएफ २’ ले प्रदर्शनअघि नै सय करोड सुरक्षित गरेको छ । चलचित्रले दक्षिण भारतमा मात्रै स्याटलाइट अधिकार बेचेर यो कमाइ गरेको हो । निर्माण पक्षका अनुसार चलचित्रको टिभीमा प्रदर्शन अधिकार जि न्युजले किनेको हो । महँगो रकम तिरेको जिले यो चलचित्र अब कन्नड, तेलुगु, तमिल र मलयालमका च्यानलमा प्रसारण गर्ने जनाइएको छ ।

यस चलचित्रको तीन वर्षअघि रिलिज भएको पहिलो भागले आश्चर्यजनक कमाइ गरेको थियो । सुरुमै दुई भागमा आउने घोषणा गरिएको चलचित्रमा कलाकारको काम ब्याकग्राउन्ड स्कोर र एक्सनले धेरैको मन जितेको थियो । यस्तै भारतीय सञ्चार माध्यमले दोस्रो भागको लगानी नै सय करोड भएको बताएका छन् ।

चलचित्रले गरेको लगानी स्याटलाइट अधिकार बेचेर नै कमाएको छ ।सौर्य दैनिकमा खबर छ । कन्नड स्टार अभिनेता यशको प्रमुख भूमिका रहेको दोस्रो भागमा बलिउडका कलाकारको समेत अभिनय छ । दोस्रो भागमा अभिनेता सञ्जय दत्त र अभिनेत्री रविना टण्डन थपिएका छन् । कोरोनाका कारण पहिले निर्धारण गरिएको समयमा रिलिज हुन नसकेपछि यही मितिमा स्याटलाइटमा भएको सम्झौता सार्वजनिक गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर