साउदी अरव गएका पति ११ वर्षसम्म घर नफर्केपछि पत्निले पनि घर छाडेर हिँडिन् — OSNepal

साउदी अरव गएका पति ११ वर्षसम्म घर नफर्केपछि पत्निले पनि घर छाडेर हिँडिन्

LC (KTM) May 18, 2021 0

छोरा साउदी अरव गएको ११ वर्ष भयो अहिले सम्म फर्केर आएको छैन । आमा घरमा बलिन्द्र धारा आँशु बगाउँदै भन्छिन्, मलाई धन पैसा केही चाहिएको छैन छोरा तिमी फर्केर आउ । तिमीहरु दुई भाई छोरा मेरा लागि दुई रत्न हुन् । दमौलीकी यि आमा विदेशमै बसेर घर नआएको हुँदा छोरालाई छिटै घर आउ भन्दै विलौना गरेकी छन् ।

गएको केही वर्ष पैसा पनि पठायो त्यती बेला सम्म राम्रै थियो । उनीहरु भारतमै बस्थे । छोराले साउदी जान्छु भनेपछि छोरालाई नेपाल गएर साउदी जा भनेर आफुहरुले नेपाल पठाएका थिए । नेपालमा आएर उनी आफ्नो मामाको सहयोगमा साउदी गएका थिए । मामाले साउदी उडाइदिएको थियो, तर कुन कम्पनी मार्फत पठाए भन्ने आमालाई थाहा छैन । ४ वर्ष यता उनले छोरा मदनको आवाज सुन्न पाएकी छैनन् ।

आमा तपाईलाई मोवाइल पनि किनिदिएको छु, म घर आउने तयारीमा छु भनेको छोराले फोन सम्पर्क नै गर्न छोडेपछि आमा निकै दुखी भएकी छन् । ४ वर्ष सम्म पनि छोरा नआएपछि उनी मिडियाको सहारा लिन पुगेको बताएकी छन् ।

यता गोरखाको पालुङ टारको यो घटना पनि निकै हृदयविदारक छ । बुवा साउदीमा छन् तर घरमा दुई छोराछोरी हुर्काएर बसेकी आमाले एक महिना अघि घर छोडेकी छन् । अहिले फुपुको संरक्षणमा बसेका दुई बालबालिका टुहुरा जस्ता भएका छन् । भाइवुहारी नै घरमा नभएका कारण जेठाजु उनीहरुको खोजीका लागि हिँडेका छन् । लिलमाया गुरुङ घरवाट हराएकी छन्, भाई लिलबहादुर साउदीमा छन् ।

चितवनको देवी चोकमा कसैको निम्ता मान्न जान्छु भनेर हिडेपछि उनी सम्पर्कमा आएकी छैनन् । तिम्रो छोराछोरीको निकै बेहाल भएको छ बुहारी तिमी आएर सम्हालेर राख हामीलाई कुनै गुनासो छैन । हामी तिमीलाई कहाँ गयौ भनेर पनि सोध्दैनौं जेठाजु भन्छन् । उनले साना छोराछोरीको लागि वुहारीको गल्ती पनि स्वीकार गर्ने बताएका छन् । भाई साउदीमा छ बुहारीले पनि छोडेर हिँडेपछि अहिले यि बालबालिका टुहुरा भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर