सभामुखविरुद्ध धम्कीपूर्ण अभिव्यक्ती वर्तमान संबैधानिक व्यवस्था र लोकतान्त्रिक प्रणालीविरुद्ध हुन् — OSNepal

सभामुखविरुद्ध धम्कीपूर्ण अभिव्यक्ती वर्तमान संबैधानिक व्यवस्था र लोकतान्त्रिक प्रणालीविरुद्ध हुन्

LC (KTM) August 23, 2021 0

काठमाडौं ७ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सभामुख अग्निप्रसाद सापेकोटालाई धम्की दिएको भन्दै सत्ता पक्षीय गठबन्धनले आपत्ती जनाएको छ ।

अध्यक्ष केपी शर्मा ओलीले तत्कालिन एमालेका माधव नेपालसहित १४ जना सांसदलाई कारवाही गरेको पत्र संसद सचिवालय पठाएकोमा सभामसखले त्यसको व्यवस्ता गरेको भन्दै ओली काम नगरे पदबाट राजीनामा दिएपनि हुन्छ भनेका थिए ।

पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र एमालेका सांसदहरुले सभामुख अग्निप्रसाद सापकोटालाई धम्की दिएको भन्दै सत्ता पक्षीय गठबन्धनले आपत्ति जनाएको छ ।
आज सोमबार गठबन्धनका सरकारका संसदीय दलका सचेतकहरुले विज्ञप्ति जारी गर्दै ओलीको अभिव्यक्ति प्रति आपत्ती जनाएका हुन् ।

नेपाली काँग्रेसका सचेतक पुष्पा भुसाल, नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङ, जनता समाजवादी पार्टीका सांसद प्रदिप यादव, राष्ट्रिय जनमोर्चाका संसदीय दलका नेता दुर्गा पौडेल र सांसद जीवनराम श्रेष्ठले संयुक्तरुपमा विज्ञप्ति जारी गरी ओलीले सार्वजनिक मिडियाहरुमा दिएको धम्की मुलुक अभिव्यक्तिको सम्बन्धमा गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपालको संबैधानिक व्यवस्था अनुसार सभामुख पद व्यवस्थापिकाको प्रमुख हुनुका साथै संघीय संसदको संरक्षण पनि हो । सभामुखविरुद्ध धम्कीपूर्ण अभिव्यक्क्ति वर्तमान संबैधानिक व्यवस्था र लोकतान्त्रिक प्रणालीविरुद्ध हुन् । संवैधानिक व्यवस्थाको रक्षा गर्नु सबै सांसदहरुको दायित्व हो । अतः सम्माननीय सभामुखन्यू विरुद्ध दिईएका धम्कीपूर्ण अभिव्यक्तिप्रति घोर आपत्ति प्रकट गर्दै संबैधानिक मर्यादालको अवलम्बन गर्न आर्दिक आग्रह गर्दछौँ ।’

यही भदौ ३ र ४ गते सिंहदरबार संघीय संसद सचिवालयस्थित सभामुखको कार्यकक्षमाओलीले सभामुख सापकोटालाई धम्की दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर