आफुलाई साथ दिएका नेताहरु बालकोट पुगेसँगै माधव नेपाल पुगे राष्ट्रपति कार्यालय — OSNepal

आफुलाई साथ दिएका नेताहरु बालकोट पुगेसँगै माधव नेपाल पुगे राष्ट्रपति कार्यालय

LC (KTM) August 23, 2021 0

काठमाडौँ ७ भदौ । नयाँ दल गठन गरेका माधव नेपाल पहिलो पटक राष्ट्रपति विद्यादेवी भण्डारी कार्यालय पुगेका छन् ।

आज बिहान १२ बजे पुगेका नेपाल २ बजे राष्ट्रपति कार्यालयबाट बाहिरिएको स्रोतले जनाएको छ । भेटमा दुई बिच नेकपा एमाले विभाजन तथा वर्तमान राजनीतिक अवस्थाको विषयमा छलफल भएको जनाइएको छ ।

आफुलाई साथ सदँदै आएका नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे , घनश्याम भुषाल लगायतका नेताहरुक आज अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेसँगै नेपाल पनि राष्ट्रपति कार्यालय पुगेका हुन् ।

नेकपा एकीकृत समाजवादी पार्टी दर्ता गर्न आयोगमा निवेदन दर्ता गराएका नेपाल पक्षलाई सनाखत गर्नको लागि आयोगले भदौ नौ गते बोलाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर