गण्डकी प्रदेशमा २६९ सङ्क्रमित — OSNepal

गण्डकी प्रदेशमा २६९ सङ्क्रमित

Kesh Karki (USA) August 23, 2021 0

गण्डकी प्रदेशमा २६९ कोरोना सङक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा प्रदेशमा चार सङ्क्रमितको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । योसँगै हालसम्म गण्डकी प्रदेशमा कोरोना सङ्क्रमण भई मृत्यु हुनेको सङ्ख्या एक हजार २४३ जना पुगेको छ । मृत्यु हुनेमा स्याङ्जाको गल्याङ नगरपालिका–३ का ६८ वर्षीय पुरुष छन् भने कास्कीका तीन जनामध्ये पोखरा महानगरपालिका– १० की १०२ वर्षीय महिला, वडा नं १५ की ३५ वर्षीय महिला र वडा नं २६ का ८२ वर्षीय पुरुष रहेको गण्डकी प्रदेश स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिनुभयो ।

निर्देशनालयको तथ्याङ्कअनुसार पछिल्लो २४ घण्टामा ६५४ सङ्क्रमित निको भएका छन् । प्रदेशमा चार हजार २१० होमआइसोलेशनमा छन् । प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार ५७८ पुगेको निर्देशनालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर