१० बुँदे प्रस्ताव कार्यान्वयन गर्न ओली तयार भएपछि भोलीको स्थायी कमिटिको बैठकमा माधव नेपाल समुहबाट छुटेका नेताहरुको सहभागी हुने — OSNepal

१० बुँदे प्रस्ताव कार्यान्वयन गर्न ओली तयार भएपछि भोलीको स्थायी कमिटिको बैठकमा माधव नेपाल समुहबाट छुटेका नेताहरुको सहभागी हुने

LC (KTM) August 23, 2021 0

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भोली मंगलबार स्थायी कमिटिको बैठक बोलाएको छ । भोलीको बैठकमा दोस्रो तहका नोतहरुका पनि सहभागिता हुने भएको छ ।

संसद विघटन पछि माधव नेपालालाई साथ दिँदै आएका दोस्रो तहका नेताहरु अब ओली समुह तिर देखिन थालेका छन्m । पार्टीका एकताको लागि भन्दै उपाध्यक्ष भीम रावल , गोकर्ण विष्ट लगायतका नेताहरु अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका थिए ।

१० बुँदे प्रस्ताव कार्यान्वयन गराउन बालकोट पुगेका नेताहरुले दिएको जानकारी अनुसार ओली १० बुँदे प्रस्ताव कार्यान्वयन गर्न तयार रहेको बताइएको छ ।

भोली ११ बजे बस्ने बैठकमा भीम रावल, रघुजी पन्त , गोकर्ण विषट लगातका नेताहरु सहभागी हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर