आफु मुख्यमन्त्री हुँदा समेत एमालेले शुभकामना नदिएको भन्दै मुख्यमन्त्री केसीले मागे विश्वासको मत — OSNepal

आफु मुख्यमन्त्री हुँदा समेत एमालेले शुभकामना नदिएको भन्दै मुख्यमन्त्री केसीले मागे विश्वासको मत

LC (KTM) August 23, 2021 0

बुटवल ७ भदौ । नवनियुक्त लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आज प्रदेशसभामा विश्वासको मत माग्दा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने बैठक अवरुद्ध गरेको छ ।

मुख्यमन्त्री केसीले भने विश्वासको मत माग्दै आफुलाई विश्वासको मत नदिने कुनै कारण नै नभएको भन्दै एमालेलाई आवेग, इर्श्या र बदलावको भाव नराख्न समेत आग्रह गरेका छन् ।

संविधानले निर्दिष्ट गरे अनुसार विपक्षी दलसंग पनि संवाद, सहमति र सहकार्य गरेर अघि बढ्न सरकार प्रतिवद्ध रहेकोमा एमालेले भने आफु मुख्यमन्त्रीमा नियुक्त हुँदा समेत शुभकामना नदिएको केसीले बताएका छन् ।

कोभिड नियन्त्रण, रोकथाम तथा नागरिकलाई खोप आफ्नो पहिलो प्राथमिकता भएको बताएका उनले समृद्ध प्रदेश, खुसी जनताको नारालाई जनताले साच्चै अनुभूति गर्ने गरी आफुले काम गर्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर