तेस्रो धारका नेताहरुको सहभागीता रहने भनिएको नेकपा एमालेको स्थायी कमिटिको बैठक सर्‍यो — OSNepal

तेस्रो धारका नेताहरुको सहभागीता रहने भनिएको नेकपा एमालेको स्थायी कमिटिको बैठक सर्‍यो

LC (KTM) August 24, 2021 0

काठमाडौँ ८ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले० को स्थायी कमिटी बैठक सरेको छ । आज बिहान ११ बजेलाई डाकिएको बैठक स्थगित भएको छ हो ।

अब बैठक आज दिउँसो ३ बजेलाई सारिएको कार्यालय सचिव शेरबहादुर तामाङले जनाएका छन् । बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा बस्ने भएको छ ।

पार्टी एकताको लागि भन्दै हिजो अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेका भीम रावल लगायतका नेताहरु आजको बैठकमा सहभागी हुने भएका छन् । आजको बैठकमा एकताको लागि तयार पारिएको १० बुँदे प्रस्ताव माथि छलफल गरिने जनाइएको छ ।

लामो समय देखि माधव नेपाललाई साथै दिँदै आएका रावल लगायत सुरेन्द्र पाण्ढे, गोकर्ण विष्ठ, घनश्याम भुसालले नेपालको साथ छोडी एकताको लागि भन्दै ओलीतिर सहभागी भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर