भाग मिल्खा भाग’का लागि सोनमले लिएकी थिइन् यति कम पारिश्रमिक! विश्वास नलाग्न सक्छ — OSNepal

भाग मिल्खा भाग’का लागि सोनमले लिएकी थिइन् यति कम पारिश्रमिक! विश्वास नलाग्न सक्छ

LC (KTM) August 24, 2021 0

मुम्बई । केही दिनअघि अभिनेत्री दीपिका पादुकोणले अभिनेताले सरह पारिश्रमिक पाउनुपर्छ भनेकै कारण सञ्जय लिला भञ्सालीको चलचित्रबाट बाहिरिनु परेको समाचार आएको थियो । यस्तै, एउटा चलचित्रका लागि १२ करोड पारिश्रमिक माग गरेपछि बलिउड करिना कपुरले चलचित्र हातबाट हात धुनुपर्यो भने त्यसको खुबै आलोचनासमेत गरियो ।

यसैबीच अभिनेत्री सोनम कपुर पारिश्रमिककै प्रसंगका कारण चर्चामा आएकी छन् । उनी महँगो पारिश्रमिकका कारण नभई सबैभन्दा कम पारिश्रमिक लिएका कारण चर्चामा आएकी हुन् । अभिनेत्री सोनमले सन् २०१३ मा प्रदर्शनमा आएको चलचित्र ‘भाग मिल्खा भाग’ का लागि मात्रै ११ रुपैयाँ भारु पारिश्रमिक लिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।यो समाचार सौर्य दैनिकमा प्रकाशित छ।फरहान अख्तरको प्रमुख भूमिकामा रहेको उक्त चलचित्रमा अभिनेत्री सोनमको सानो भूमिका रहेको छ । यसबारे उक्त चलचित्रका निर्देशक राकेश ओमप्रकाश मेहराले खुलासा गरेका हुन् ।

उनले आफ्नो अटोबायोग्राफी ‘द स्ट्रेन्जर इन द मिरर’ मा सोनमले आफ्नै खुसीले उक्त पारिश्रमिकमा ‘गेस्ट अपिरियन्स’ का लागि तयार भएको उल्लेख गरेका छन् ।

चलचित्रका केही दृश्य र दुईवटा गीतमा मात्रै सोनम देखिएकी थिइन् । निर्देशक राकेश भन्छन्, ‘सोनमले बुझेकी थिइन् कि यो कुनै लभस्टोरी चलचित्र होइन । यो एउटा विभाजनबाट बचेको एक पुरुषको भयानक बाल्यकाल र ईश्री कौर ९सोनम० मात्रै ती बालकको अतितसँग जोडिएको एउटा मात्रै सम्झना थियो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर