माधव नेपाल पक्षको केन्द्रीय समिति बैठकमा ओली पक्षका नेताहरुको सहभागी — OSNepal

माधव नेपाल पक्षको केन्द्रीय समिति बैठकमा ओली पक्षका नेताहरुको सहभागी

LC (KTM) August 24, 2021 0

काठमाडौँ ८ भदौ । निवार्चन आयोगमा प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव नेपाल पक्षको केन्द्रीय समिति बैठक बसिरहेको छ ।

बैठक काठमाडौंको चन्द्रागिरी रिसोर्टमा बसिरहेको छ । भोली बुधबार आयोगले सनाखतको लागि नेपाल पक्षलाई बोलाएपछि नेपालले दुई दिनको प्रवन्ध मिलाई आफ्ना केन्द्रिय सदस्यहरुलाई बस्नको लागि चन्द्रागिरी रिसोर्टमा व्यवस्था मिलाएका हुन् ।

आयोगमा सनाखत गर्न २० प्रतिशत केन्द्रीय सदस्य पुर्‍याउनु पर्ने भएको छ । जारी बैठकमा एमालेको तत्कालीन २०३ सदस्यीय केन्द्रीय कमिटीमध्ये कम्तिमा ६० जना सदस्य आफ्नो पक्षमा रहेको बताइएको छ । आजको बैठकले अन्तरिम विधान, घोषणा पत्र र नियमावली पारित गर्ने पनि बताइएको छ ।

नेपाल पक्षमा २६ जना सांसद रहेको दावी गरिनुका साथै आजको बैठकमा नेकपा एमालेका अध्यक्ष केपी ओली निकट प्रेम आलेसहित सुदूरपश्चिमबाट भीम रावलनिकट दीर्घ सोडारी र तारा लामा तामाङ बैठकमा उपस्थित रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर