टिकटकका लागि भिडियो खिच्ने क्रममा अपार्टमेन्टबाट खसेर ज्यान गयो २३ वर्षीय युवतीको — OSNepal

टिकटकका लागि भिडियो खिच्ने क्रममा अपार्टमेन्टबाट खसेर ज्यान गयो २३ वर्षीय युवतीको

LC (KTM) August 24, 2021 0

इस्तानबुल – टिकटकका लागि भिडियो खिच्ने क्रममा एक युवतीको नौ तलाबाट खसेर ज्या न गएको छ । टर्कीकी २३ वर्षीय युवती बिभिन्न पोजमा भिडियो बनाउने क्रममा एउटा अपार्टमेन्टको नवौं तलाबाट ख सेकी हुन् ।

कुब्रा डोगान नाम गरेकी ती युवती इस्तानबुलस्थित भतिजाको अपार्टमेन्टबाट लडे की हुन् । सूर्यास्त भइरहेको समयमा आकाशको लोभलाग्दो दृश्यलाई सेल्फीमार्फत कैद गर्ने क्रममा उनी ख सेकी थिइन् । अर्पाटमेन्टबाट १ सय ६० फिट तल सडकमा खसेकी उनको घटनास्थलमै मृ त्यु भएको थियो ।

अर्पाटमेन्टबाट खस्नुअघि कुब्राले आफ्ना भतिजासँग विभिन्न पोजमा सेल्फी खिचेकी थिइन् । स्थानीय समयअनुसार साँझ साढे सात बजे अपार्टमेन्टको छानोको छेउमा गएर तस्बिरका लागि पोज दिँदा उनी खसेकी थिइन् ।

पछिल्ला समयमा टिकटकमा भ्युज र लाइक बढाउन विभिन्न ख तरनाक पोजमा तस्बिर र भिडियो खिच्ने होड प्रायः टिकटकप्रेमीमा देखिन्छ । अनौठो दृश्यलाई कैद गर्ने नाममा विभिन्न विकृति र विसंगति दोहोरिएको विज्ञहरुको भनाई छ । यसअघि पनि पूर्वी टर्कीमा टिकटक भिडियो खिच्दा एक युवकको ज्या न गएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर