शुक्लाफाँटाको कम बेरुजु — OSNepal

शुक्लाफाँटाको कम बेरुजु

Kesh Karki (USA) August 24, 2021 0

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका सुदूरपश्चिम प्रदेशकै कम बेरुजु भएको नगरपालिका भएको छ । महालेखापरीक्षकको पछिल्लो वार्षिक प्रतिवेदन अनुसार प्रदेशका ८८ स्थानीय तहमध्ये शुक्लाफाँटामा सबैभन्दा कम बेरुजु रहेको छ । नगरपालिकाको आव २०७६÷७७ मा बेरुजु रकम रु ८० लाख ५६ हजार मध्ये रु ५६ लाख ९९ हजार बेरुजु रकम फछ््योट गरिएको छ ।

नगरपालिकामा शून्य दशमलव ५९ प्रतिशतले रकम बेरुजु कायम छ । यो प्रदेशका स्थानीय तहमा फछ््योट हुन बाँकी रकममध्ये कम हो । महालेखापरीक्षकको कार्यालयको अन्तिम लेखा परीक्षणमा चार प्रतिशतभन्दा कम बेरुजु हुने स्थानीय तहलाई आर्थिक अनुशासन र वित्तीय सुशसन राम्रो भएको मानिन्छ ।

कम बेरुजु भएका स्थानीय तहमध्ये शुक्लाफाँटा ३४औँ स्थानमा छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिसन सिंह थापाका अनुसार आव २०७४÷७५ मा नगरपालिकामा बेरुजु रकम रु छ करोड ५४ लाख २४ हजार, आव २०७५÷७६ मा रु दुई करोड ९२ लाख ३५ हजार र आव २०७६÷७७ मा रु ८० लाख ५६ हजार गरी कूल बेरुजु रकम रु १० करोड २६ लाख १५ हजार रहेको थियो ।

कूल रकममध्ये नगरपालिकाले रु पाँच करोड ७२ लाख ३२ हजार बेरुजु रकम फछ्योट गरेको छ । नगरपालिका यसअघि कार्य सम्पदान मूल्याङ्कनमा देशमै उत्कृष्ट ठहर भएको थियो ।

कञ्चनपुरका पुर्नवास नगरपालिका–४ दशमलव ७६, बेलौरी नगरपालिकामा ५ दशमलव ०६, कृष्णपुर नगरपालिकामा १ दशमलव ६९, भीमदत्त नगरपालिकामा ३ दशमलव ०६, बेदकोट नगरपालिकामा १ दशमलव ५०, महाकाली(दोधरा चाँदनी) नगरपालिमा ११ दशमलव ०४, लालझाडी गाउँपालिकामा १ दशमलव ५१ र बेलडाँडी गाउँपालिमा १ दशमलव ७७ प्रतिशत बेरुजु कायम रहेको छ ।

सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी बाजुराको त्रिबेणी नगरपालिकामा १७ दशमलव ६० प्रतिशत बेरुजु कायम छ । संविधानको धारा २४१ अनुसार स्थानीय तहको लेखापरीक्षण नियमितता, मितव्ययिता, कार्यदक्षता, प्रभावकारिता र औचित्यको आधारमा महालेखापरीक्षकबाट हुने व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर