नेपालको साथ छाड्दै अध्यक्ष ओलीको साथ छोडेको आठ महिना पछि रावल सहित यी नेताहरु फर्किए ओलीतिर — OSNepal

नेपालको साथ छाड्दै अध्यक्ष ओलीको साथ छोडेको आठ महिना पछि रावल सहित यी नेताहरु फर्किए ओलीतिर

LC (KTM) August 24, 2021 0

काठमाडौं ८ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटी बैठकमा माधव नेपालको साथ छोडेका तेस्रो धारका नेताहरू सहभागी भएका छन् ।

नेता नेपालले नयाँ दल दर्ता गर्ने भनेसँगै नेपालको साथ छोडेका उपाध्यक्ष भीम रावल, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य, उपमहासचिव घनश्याम भुसाल, सचिव योगेश भट्टराई, गोकर्ण विष्ट र भीम आचार्य, स्थायी कमिटी सदस्यद्वय सुरेन्द्र पाण्डे र रघुजी पन्त बैठकमा सहभागी भएका छन् ।

नौ औं महाधिवेशनबाट नेपाललाई साथ दिँदै आएका सबै नेताहरु अब ओलीतिर लागेका छन् । गत पौष ५ गते संसद विघटन गरेपछि ओलीको साथ छोडेका यी नेताहरु पछिल्लो समय एकातको प्रयास गर्दै आएका थिए ।

करिब ८ महिना पछि पार्टीको अध्यक्षले बोलाएको बैठकमा सहभागी भएका नेताहरुले एकताको लागि १० बुँदे सहमति कार्यान्वयन गर्न अध्यक्ष केपी ओलीसँग छलफल गर्ने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर