नेकपा एमालेले निवार्चन आयोगलाई भन्यो - नेपालसहितका १४ जना सांसदको नाम समावेश गरेर ल्याइएको सनाखत नबुझ्नु — OSNepal

नेकपा एमालेले निवार्चन आयोगलाई भन्यो – नेपालसहितका १४ जना सांसदको नाम समावेश गरेर ल्याइएको सनाखत नबुझ्नु

LC (KTM) August 24, 2021 0

काठमाडौं ८ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पार्टीको निर्देशन विपरित काम गरेकाले कारवाही गरिएको १४ जना सांसदको नाम भएको सनाखत नबुझ्न निवार्चन आयोगलाई आग्रह गरेको छ ।

भोली नेता माधव नेपालको नयाँ दल नेकपा एकिकृत समाजवादीको सनाखत गर्न आयोगले बोलाउँदै गदा आजै अग्नि खरेलसहितका एमाले नेताहरू आयोग पुगी नेपालसहितका १४ जना सांसदको नाम समावेश गरेर ल्याइएको सनाखत नबुझ्न आयोगलाई आग्रह गरेका हुन् ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए अनुसार पार्टीको सनाखत गर्न आउँदा हरेक केन्द्रीय समितिका सदस्यहरूले नागरिकताको प्रमाणपत्र, मतदाता परिचयपत्र ल्याउनुपर्ने तथा संघीय संसदका सदस्यहरूको हकमा भने संघीय संसदबाट जारी गरिएको परिचय पत्र लिएर आउनुपर्ने व्यवस्था गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर