देशलाई बर्बाद पार्ने मान्छे केपी ओली भएकोले आफ्नो कार्यकालमा कुलमान लाई बिद्युत प्राधिकरणमा ल्याएनन् भन्दै जंगीए नरनाथ गौतम — OSNepal

देशलाई बर्बाद पार्ने मान्छे केपी ओली भएकोले आफ्नो कार्यकालमा कुलमान लाई बिद्युत प्राधिकरणमा ल्याएनन् भन्दै जंगीए नरनाथ गौतम

LC (KTM) August 24, 2021 0

नरनाथ गौतम सामाजिक सञ्जालमा चर्चित ब्यक्ति हुन् । उनी देशमा चलिरहेको बर्तमान बिषयका बारेमा आफ्नो धराणा दिएर चर्चामा आउने गरेका छन् । धेरैले एमसीसीको बिरोध गरिरहेको बेला उनले भने पुरा समर्थन गरेका छन् । उनले एमसीसी एउटा अक्षर पनि तल माथि नगरी पास हुनु पर्नेमा जोड दिएका छन् ।

ओएस नेपाल संगको कुराकानीको क्रममा उनि भन्छन्– एमसीसी जस्ताको त्यस्तै पास हुने भित्र तयारी भईसकेको छ । दुई चार जना माइतीघर मण्डलामा उफ्रदैमा एमसीसी पास नहुने कुरै छैन । जसरी नि पास हुन्छ । यसले देशको बिकाशलाई झन् अगाडी पु¥याउँछ । बिरोध गर्ने साथीहरुलाई भन्छु बरु आजै देखी एमसीसी जिन्दावाद भन्नुस् ।

उनले एमसीसी आए संगै देशले फड्को मार्ने दाबी गरे । उनले भने– एमसीसी पास भएको देशमा गाउँ गाउँमा रेल पुगेको छ तेल पुगेको छ । हाम्रो देशमा चाहि किन बिरोध । एकपटक मज्जाले अध्ययन गर्नुस । एमसीसीको बिरोध गर्ने २०–२२ जना मात्र छन् त्यो पनि माइतीघर मण्डलामा उफ्रिरहेका छन् । त्यसले केही फरक पर्दैन ।

त्यस्तै उनले कुलमानले अब चमत्कार गर्ने पनि दाबी गरे । जनताले नै चाहेर कुलमान फेरी आएको उनले बताए । बिद्युत प्राधिकरणको अझै बिकास गर्न कुलमान नै चाहिने भएकोले कुलमान आउनु राम्रो भएको उनको भनाई छ । केपी ओलीले चाहि किन कुलमान लाई नल्याएको भन्ने प्रश्नमा उनी भन्छन्– देशलाई बर्बाद बनाउने मान्छे हो केपी ओली ।

मै मात्र ठुलो हु भन्ने मान्छे हुन् । त्यहि भएर कुलमान लाई ल्याएनन् । कुलमानलाई मन पराउने ल्याउने नै माओबादी अध्यक्ष पुष्पकमल दाहाल हुन् । शेर बहादुर देउवाले पनि ल्याएको हैन । उनले कुलमान र एमसीसी बीच कुनै कुरा जोडेर हेरिनु राम्रो नरहेको समेत बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर